सूचना अटेरीपछि काठमाडौँमा खोला मिचेर बनेको घर भत्काउने अभियान तीव्र
काठमाण्डौं । काठमाडौँ महानगरपालिकाले खोला किनारमा भएका अतिक्रमित संरचना हटाउने अभियानलाई तीव्र बनाउँदै धोबीखोलाको बहाव क्षेत्र मिचेर निर्माण गरिएको सात तले घर भत्काउने काम शुरु गरेको छ।खोलाको राइट अफ वे तथा सार्वजनिक जग्गा समेत अतिक्रमण गरी बनाइएको उक्त भवन हटाउन महानगरले पटक–पटक सूचना जारी गरे पनि घरधनीले अटेर गरेपछि अन्ततः डोजर प्रयोग गरेर भत्काउने प्रक्रिया अघि...

