भदौमा ७२% ले घट्यो पूँजीगत लाभकर, बजार बन्द हुँदा सरकारलाई नोक्सान
काठमाण्डौ । साउन महिनाको तुलनामा भदौ महिनामा पूँजीबजारबाट सरकारले राजस्व ७२ प्रतिशतले घटेको छ । जेनजी आन्दोलनको कारण गत भदौ २३ गते देखि असोज २ गतेसम्म सेयर कारोबार बन्द रहेको थियो । यसकारण सेयर बजारबाट संकलन हुने राजश्वमा भारी गिरावट आएको हो ।