बजार शुद्धिकरणको अभियानमा नेप्से नेतृत्व बाधक, सिडिएससीले पठाएको आईजीनसम्बन्धी मस्यौदा स्वीकृत गर्ने पक्षमा सेबोन
काठमाण्डौ । नेपालको पुँजी बजारमा पारदर्शिता र शुद्धिकरणका लागि निकै ठूलो कदम मानिएको एउटा अभियानमा बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले असहयोग गरिरहेको छ । संस्थापक र सर्वसाधारण सेयरलाई फरक–फरक इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आइजीन) दिने व्यवस्था कार्यान्वयनका लागि अगाडि बढेको आफ्नै सहायक कम्पनी सीडीएस एण्ड क्लियरिङ लिमिटेड...