बिक्री आम्दानी बढेसँगै हिमालयन डिष्टिलरीको नाफामा १०.७३ प्रतिशतको सुधार
काठमाण्डौ । हिमालयन डिष्टिलरीको आम्दानी बढेसँगै नाफामा सामान्य बढोत्तरी आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४४ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०.७३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४० करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद बिक्री आम्दानी पनि १६.२४ प्रतिशतले बढेको छ । कम्पनीले १...

