आईतवार, जेष्ठ ३,२०८३ 05:32:54
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 05:32:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हिमालयन डिस्टिलरीको सेयर मूल्य आरएसआईमा ‘बुलिस डाइभर्जेन्स’, कस्तो रहला आगामी यात्रा ?

Laxmi Sunrise Bank Limited
हिमालयन डिस्टिलरीको सेयर मूल्य आरएसआईमा ‘बुलिस डाइभर्जेन्स’, कस्तो रहला आगामी यात्रा ?
Shivam Cement

काठमाण्डौ । वीरगञ्जमा मुख्य कार्यालय रहेको हिमालयन डिस्टिलरी नेप्सेमा सूचीकृत एकमात्रै मदिरा उत्पादक कम्पनी हो । यो कम्पनी नेप्सेमा उत्पादन तथा प्रशोधन समूहमा रहेको छ । सन् १९८५ को जुलाई २४ मा प्राइभेट कम्पनीका रुपमा स्थापित यो कम्पनी ११ मार्च २००० मा पब्लिक कम्पनीमा परिणत भएको थियो ।  

कम्पनीमा संस्थापक समूहको ५८ प्रतिशत र सर्वसाधारण समूहको ४२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।    

Bizshala
New Office
CG Motors

आधारभूत पक्षः  

यस आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी ३ अर्ब ७ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषको आकार ५५ करोड ३३ लाख  रुपैयाँ रहेको छ । साथै,कम्पनीको कुल पूँजी ३ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा ४० करोड ४९ लाख रुपैयाँ रहेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा १४७ प्रतिशतले बढी हो । कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २६.३५ रुपैयाँ रहेको छ । कम्पनीको बुक भ्यालु ११८ रुपैयाँ र रिर्टन अन इक्विटी २२.३३ प्रतिशत रहेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा ११५ प्रतिशतले बढी हो ।  

फियर एण्ड ग्रिड इन्डेक्स  

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा यो कम्पनी हाल ५० को तहमा न्यूट्रल सेन्टिमेन्टमा चलेको छ । यो भनेको कम्पनीको सेयरमा लगानीकर्ताहरुको आकर्षण सामान्य रहेको छ भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य १६६० रुपैयाँ र न्यून मूल्य ११४२ रुपैयाँ रहेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

बोलिङ्गर ब्याण्ड म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल लामो समयदेखि न्यून विन्दुमा चलेको र ब्याण्ड निकै खुम्चिएको अवस्थामा रहेको छ । यो भनेको कम्पनीको सेयरको मूल्यले कूनै पनि समयमा गति लिन सक्ने भन्ने हो । म्याक्डीले यस अघिनै बुलिस क्रसओभर बनाएको छ । हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएको देखिन्छ । आरएसआई ओभर सोल्ड जोन २७ को तहमा पुगेर हाल ५० को तहमा बुलिस डाइभर्जेन्स बनेको देखिन्छ । यदि कम्पनीको सेयर घट्दो क्रममा रहेको छ तर आरएसआई बढ्दो गतिमा रहेको छ भने त्यस्तो अवस्थामा बुलिस डाइभर्जेन्स बनेको मान्निछ । यसले पनि सम्भावित रुपमा कम्पनीको सेयरले अप टेन्ड लिन सक्ने बुझिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – १३०७

प्रतिरोध २ – १२६९

प्रतिरोध १–  १२१२

पिभट् प्वइन्टः ११७५

घटेमा सपोर्ट  

सपोर्ट १– १११७

सपोर्ट २– ११८०

सपोर्ट  ३ १०२२

निष्कर्षः  आधारभूत रुपमा यो कम्पनीले पछिल्लो २ वटा त्रैमासिक प्रतिवेदनहरुमा सुधार गरेको देखिन्छ । कम्पनीको रिर्टन अन इक्विटी र प्रतिसेयर आम्दानीमा ११५ प्रतिशतको बढोत्तरी देखिन्छ । यद्यपी कम्पनीको पूँजीमा बढोत्तरी आउदा कम्पनीले अझै व्यापारमा सुधार गर्नुपर्ने देखिन्छ । बुक भ्यालुमा खासै सुधार देखिदैन । तर पनि कम्पनीको खुद मुनाफामा पछिल्लो त्रैमासमा १४७ प्रतिशतले बढोत्तरी आउनु सकरात्मक पक्ष नै देखिन्छ ।  

प्राविधिक रुपमा कम्पनीको सेयरमा आरएसआईमा बुलिस डाइभर्जेन्स बनेको देखिन्छ । यो भनेको कम्पनीको सेयरमूल्य घट्दै जाँदा आरएसआई बढ्दै गएको भन्ने हो । यसले सम्भावित रुपमा कम्पनीको सेयरमा बढोत्तरी आउन सक्ने आँकलन गर्न सकिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.