जोशी हाईड्रोपावरको हकप्रद सेयर बाँडफाँड, १.८९ लाख कित्ता लिलामीमार्फत बिक्री गरिने
काठमाण्डौ । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि जारी गरेको हकप्रद असोज ७ गते बाँडफाँड गरेको हो । कम्पनीले गत असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुका लागि हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा रु.१०० अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गरेको...