काठमाण्डौ । गत असोज १८ गते आएको अविरल वर्षाका कारण जोशी हाइड्रोपावरका संरचनाहरुमा क्षति पुर्याएको छ ।
उक्त कम्पनीद्वारा सञ्चालनमा रहेको माथिल्लो पुवा १ जलविद्युत आयोजना ३ मेगावाटमा क्षति पुर्याएको कम्पनीले जनाएको छ ।
साथै हालसम्म पनि उक्त संरचना क्षेत्रमा बाढी नघटेकाले क्षतिको विस्तृत विवरण तथा मूल्यांकन गर्न नसकिएको कम्पनीका सीइओ सुधिर लामिछानेले बताए ।
कम्पनीका अनुसार उक्त परिस्थितिका कारणले दुवै जलविद्युत आयोजनाहरु हाल बन्द रहेका छन् ।