“चाडबाडमा यात्रुलाई दुःख नदेऊ”: कुलमान
काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाडको भीडभाडलाई नाफा कमाउने अवसर नबनाउन यातायात व्यवसायीलाई कडा चेतावनी दिएका छन्। उनले स्वीकृत भाडादरभन्दा बढी असुल गर्ने, टिकटको कालोबजारी गर्ने वा यात्रुलाई अनावश्यक दुःख दिने प्रवृत्ति तत्काल बन्द गर्न निर्देशन दिएका हुन्।