काठमाण्डौ । उर्जा, जलस्रोत तथा सिंचाइ,भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले पुनर्निर्माण कोषमा योगदान गर्न सबैमा आह्वान गरेका छन् ।
गत भदौ २३ र २४ गते जेनजी युवाहरुको आन्दोलनका क्रमा क्षतिग्रस्त भएका भौतिक संरचना पुनर्निर्माणका लागि गत बुधबार स्थापना भएको पुनरुनिर्माण कोषमा आर्थिक सहायता प्रदान गर्न घिसिङले आह्वान गरेका हुन् ।
सरकारले गठन गरेको समितिको अध्यक्ष अर्थमन्त्री अध्यक्ष हुनेछन् भने यसमा जम्मा पाँच सदस्य रहनेछन् ।
समिति सदस्यमा गृहमन्त्री, सहरी विकासमन्त्री, मुख्यसचिव र सहरी विकास मन्त्रालयका सचिवले रहनेछन् । समितिको अवधि एक वर्षको हुनेछ तर आवश्यकताअनुसार यसको अवधि ६ महिना थप गर्न सकिने जनाइएको छ ।
उक्त समितिले आन्दोलनबाट क्षतिग्रस्त सरकारी भौतिक संरचना पुनर्निर्माण कार्यान्वयन कार्ययोजना निर्माण तथा स्वीकृत गर्ने छ । यसका साथै समितिले पुनर्निर्माणबा लागि कार्यक्रम स्वीकृत गर्ने र आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माणका लागि सम्बन्धित निकायको जिम्मेवारी तोक्नेछ ।