कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता
काठमाण्डौ । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेड, टंगाल–काठमाण्डौबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई ल्याबबाट प्रदान गरिने विभिन्न परिक्षण सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार ल्याबबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिनेछ ।

