नबिल स्टक डिलरद्वारा साधारण सभा आह्वान, लाभांश पारित मुख्य अजेण्डा
काठमाण्डौ । नबिल स्टक डिलर लिमिटेडले चौथो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको ५५ औं बैठकले साधारण सभा डाकेको हो । उक्त सभा असोज ३१ गते काठमाण्डौको तीनधारा दरबारमार्गमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।