सोमबार, असार ३०,२०८२ 07:59:09
  • सोमबार, असार ३०,२०८२ 07:59:09
Global IME Bank Limited

नबिल स्टक डिलरद्वारा सेयर लगानी साक्षरता कार्यक्रम सम्पन्न

Hyundai Nepal
नबिल स्टक डिलरद्वारा सेयर लगानी साक्षरता कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । नबिल स्टक डिलर लिमिटेडले आफ्नो लगानी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  युवाहरुलाई वित्तीय स्वतन्त्रता प्राप्त गर्न र स्टक बजारको अन्वेषण गर्न कम्पनीले उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ ।  

असोज ४ गते रोटर्याक्ट क्लब अफ लिबर्टी कलेजसँगको सहकार्यमा सञ्चालित लगानी साक्षरता कार्यक्रमले वित्तीय सचेतना बढाउन र लगानीकर्ताहरूको अर्को पुस्तालाई सशक्त बनाउन महत्त्वपूर्ण कोसेढुङ्गा साबित भएको कम्पनीले जनाएको छ । कार्यक्रममा कोटेश्वर सरस्वती माविका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमविद्यालय, वित्तीय बजारको गतिशील परिदृश्य मूल्यांकन गर्न आवश्यक ज्ञान र व्यक्तिगत समर्थन प्रदान गर्नमा केन्द्रित थियो।

Muktinath Bikas Bank Limited

कार्यक्रममा जम्मा ८० विद्यार्थीले सक्रिय सहभागिता जनाएका थिए । कार्यक्रममा वित्तीय स्वतन्त्रताको चरण, सेयर बजारको अवलोकन र संलग्न पक्षहरू, नेपालको सेयर बजारमा कम्पाउन्डिङ, सेयर बजारलाई असर गर्ने कारक, नेप्सेमा जोखिम र पुरस्कारको इतिहास, लगानीकर्ता बनाम व्यापारी, मिथक र तथ्यहरू जस्ता आवश्यक विषयवस्तुहरू समेटिएको थियो। नेपाली सेयर बजार, बजारमा जोखिम न्यूनीकरण, बुद्धिमानीपूर्वक आफ्नो ट्रेडिङ प्लेटफर्म छनोट गर्ने जस्ता विषयका बारेमा समेत जानकारी दिइएको थियो ।  

कार्यक्रमका सहजकर्ता रस्बिन पाण्डेले भने, ‘नबिल स्टक डिलरले यस्ता युवा तथा आकांक्षी विद्यार्थीहरूलाई बचत र लगानीको ज्ञान बढाउन यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनेछ। उनीहरु भविष्यका लगानीकर्ता र भविष्यका नेता हुन् ।’

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.