थ्रीजी सेवा बन्द गर्दै एनसेल, ‘भोल्टे’ सेवाको फाइदा लिन आग्रह
काठमाण्डौ । नयाँ प्रविधि अपनाउने र सेवामा स्तरोन्नती गर्ने आफ्नो योजना अनुरुप एनसेलले कोशी प्रदेशका विभिन्न स्थानमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । कम्पनीको यो कदम ‘भोइस ओभर लङ्ग टर्म एभोल्युसन’ (भोल्टे) प्रविधिसँगै फोरजी नेटवर्कलाई झन् बलियो बनाउँदै भविष्यको फाइभजी नेटवर्कका लागि आधार तयार गर्ने तर्फ लक्षित रहेको जनाइएको छ ।देशैभर फोरजी नेटवर्क विस्तार भइरहेको अवस्थामा...

