सोमबार, जेष्ठ ४,२०८३ 08:16:22
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 08:16:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनसेलले एनपीएललाई अझ आकर्षक बनाउन ल्यायो ‘फ्यान प्याक’

Laxmi Sunrise Bank Limited
एनसेलले एनपीएललाई अझ आकर्षक बनाउन ल्यायो ‘फ्यान प्याक’
Shivam Cement

काठमाण्डौ । सोमबारदेखि सुरु हुन लागेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) – पावर्ड बाई एनसेल’ लाई थप उत्साहपूर्ण बनाउन एनसेलले ‘एनपीएल फ्यान प्याक’ नामक विशेष अफर सार्वजनिक गरेको छ। क्रिकेट प्रेमीहरूलाई लक्षित गरी उपलब्ध गराइएका यी प्याकहरूमा विभिन्न सेवासँगै दैनिक बोनस सुविधासमेत निःशुल्क प्रदान गरिने एनसेलले जनाएको छ।

Bizshala
New Office
CG Motors

शनिबार (कार्तिक २९) देखि मंसिर २७ सम्म लागू रहने यी फ्यान प्याकमार्फत ग्राहकहरूले वन–टाइम प्याक वा रिन्यूवल प्याक खरिद गर्दा प्याकको प्रकारअनुसार अन–नेट कल (२५ मिनेट वा ५० मिनेट), निःशुल्क टिकटक तथा यूट्युब प्रयोग, ७५० एमबीदेखि १ जीबीसम्मको डाटा जस्ता एक–दिने बोनस सुविधा अतिरिक्त रूपमा पाउनेछन्।

त्यसबाहेक, एनसेल एपमार्फत ‘स्पिन एन्ड विन’ मा सहभागी हुने ग्राहकलाई थप बोनस सेवा तथा एनपीएलका खेलको टिकट जित्ने अवसरसमेत उपलब्ध हुनेछ।

एनसेलका चिफ कमर्शियल बिजनेस अफिसर उपङ्ग दत्तका अनुसार यी प्याकहरूले क्रिकेट माहोललाई अझ जीवन्त बनाउने विश्वास कम्पनीले लिएको छ। “क्रिकेटले सबैलाई नजिक ल्याउँछ। ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने भावनासहित हामीले यसपटक एनपीएलसँग सहकार्य गरेका छौं,” दत्तले भने।

Garima Development Bank
Shivam Cement
IME remit

फ्यान प्याकमा रु. ९९ अनलिमिटेड डेटा, रु. २०० कम्बो, सधैंअन ३९९, रु. ५९९ होम एन्ड अवे, रु. ९९ तथा रु. २९९ अनलिमिटेड अल नेपाल भ्वाइस लगायत गरी ११ वटा प्याक समावेश छन्। हरेक प्याकले आफ्नो प्रकृतिअनुसार निश्चित बोनस सेवा प्रदान गर्ने व्यवस्था छ।

उदाहरणका रूपमा, रु. ९९ को अनलिमिटेड डेटा खरिद गर्नेले २५ मिनेट अन–नेट कल पाउनेछन्। ‘सधैंअन ३९९’ वा ‘३९९ रिन्यूवल’ लिने ग्राहकले निःशुल्क टिकटक प्रयोग गर्न सक्नेछन्। त्यस्तै, रु. ५९९ ‘होम एन्ड अवे’ रिन्यूवल प्याकमा निःशुल्क यूट्युबको सुविधा उपलब्ध हुनेछ। रु. २९९ को अनलिमिटेड अल नेपाल भ्वाइस प्याकमा १ जीबी डाटा बोनस प्रदान गरिनेछ। यी सबै बोनस सुविधा २४ घण्टासम्म मान्य रहनेछन्।

एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ। एनसेलले यो सहकार्यलाई नेपालमा खेलकुदको प्रवर्द्धनप्रति कंपनीको प्रतिबद्धताको रूपमा व्याख्या गरेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.