आज ओम मेगाश्री, भोलि अरू पनि ! पूँजीबजारमा नयाँ विकृतिको संकेत
काठमाण्डौ । नेपालको पूँजीबजारमा केही समययता चर्चामा रहेको 'ब्याकडोर लिस्टिङ' बहसबीच सूचीकृत कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले अघि सारेको एउटा प्रस्तावले फेरि बजारको ध्यान कानूनी छिद्र (Loophole) तर्फ तानेको छ।कम्पनीले निजी कम्पनी रोयल फर्मास्युटिकल्स प्रालिलाई प्राप्ति (Acquisition) गर्ने प्रक्रिया अघि बढाएको छ। पहिलो दृष्टिमै यो सामान्य कर्पोरेट पुनर्संरचनाजस्तो देखिए...

