शनिबार, श्रावण ३१,२०८२ 03:18:32
IME remit
  • शनिबार, श्रावण ३१,२०८२ 03:18:32
IME remit
Global IME Bank Limited

ओम मेगाश्री फर्मास्यूटिकल्सः दोश्रो बजार मूल्य रु.१३६८, इपीएस चाहिँ १ रुपैयाँ ४९ पैसा मात्र !

Hyundai Nepal
ओम मेगाश्री फर्मास्यूटिकल्सः दोश्रो बजार मूल्य रु.१३६८, इपीएस चाहिँ १ रुपैयाँ ४९ पैसा मात्र !
Shivam Cement

काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता सेयरमूल्य १ हजार ३०० रुपैयाँभन्दा माथि रहेको ओम मेगाश्री फर्मास्यूटिकल्स लिमीटेडको नाफा ८९ लाख रुपैयाँमा सीमित बन्न पुगेको छ ।  

कम्पनीले शनिवार प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरणमा यस्तो देखिएको हो । ६० करोड चुक्तापूँजी भएको यो कम्पनीको खूद नाफा ८९ लाख रुपैयाँ २८ हजार रुपैयाँमा सीमित बन्न पुगेको छ । यहीकारण प्रतिसेयर आम्दानी पनि खुम्चिएर १ रुपैयाँ ४९ पैसामा सीमित बन्न पुगेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो अवधिमा कम्पनीको कुल आम्दानी  २७ करोड ७९ लाख रुपैयाँ कायम भएको छ । जसमा कस्ट अफ सेल्सको रुपमा ९ करोड ८१ लाख रुपैयाँ बढी खर्च भएको छ भने बित्त खर्च ६ करोड ४६ लाख, डेप्रिसिएसन खर्च ४ करोड ३१ लाख रुपैयाँ, कार्यालय तथा प्रशासनिक खर्च ६ करोड ५ लाख रहेको छ । यसरी कुल खर्च २६ करोड ६४ लाख हुन पुगेको देखिन्छ । 

कम्पनीको रिटेन्ड अर्निंग ३ करोड ८८ लाख रुपैयाँले नेगेटिभ बन्न पुगेको छ भने रिजर्भको आकार ६ करोड २४ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १०३.९४ रुपैयाँ तथा प्रतिसेयर कुल सम्पत्तिको मूल्य रु.२३५ रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.