राष्ट्र बैंकद्वारा पोखरा फाइनान्समाथिको शीघ्र सुधारात्मक कारवाही फुकुवा
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडमाथि लागू गरिएको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरेको छ। समृद्धि फाइनान्ससँग गाभिएपछि संयुक्त संस्थाको पूँजीकोष अवस्था नियामकीय मापदण्डअनुसार सुधार हुने देखिएकाले उक्त निर्णय गरिएको हो।राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार पोखरा फाइनान्सको २०८० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरण तथा...

