आईतवार, जेष्ठ ३,२०८३ 02:32:16
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 02:32:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पोखरा र जानकी फाइनान्स तत्काल कारबाहीमा नपर्ने, ‘आफैं म्यानेज हुन थाले, कर्णालीकोजस्तो गम्भीर समस्या भेटिएन’

Laxmi Sunrise Bank Limited
पोखरा र जानकी फाइनान्स तत्काल कारबाहीमा नपर्ने, ‘आफैं म्यानेज हुन थाले, कर्णालीकोजस्तो गम्भीर समस्या भेटिएन’
Shivam Cement

काठमाण्डौ । खराब कर्जा थुप्रिएर समस्याग्रस्त अवस्थामा पुगेका जानकी फाइनान्स र पोखरा फाइनान्सलाई नेपाल राष्ट्रबैंकले तत्काल कारबाही नगर्ने भएको छ ।  

यी दुवै वित्त कम्पनीको आन्तरिक व्यवस्थापनले नै पछिल्लो समय देखिएका समस्याहरुको व्यवस्थापन गर्न थालेको भन्दै राष्ट्रबैंकले यी दुई संस्थालाई समस्याग्रस्त घोषणा गर्ने र त्यसपछि थप हस्तक्षेपकारी कारबाही गर्ने तयारीबाट पछि हटेको हो । 

Bizshala
New Office
CG Motors

'जानकी फाइनान्स र पोखरा फाइनान्समाथि कारबाही गर्ने भनिएको विषय किन सेलायो ? कहाँ अड्कियो ?' भन्ने बिजशालाको प्रश्नमा राष्ट्रबैंकका प्रवक्ता रामु पौडेलले भनेका छन्–‘पोखरा फाइनान्स, जानकी फाइनान्स लगायतका संस्थाहरुलाई केन्द्रीय बैंकका सम्बन्धित विभागले नजिकबाट नियालिरहेका छन् । त्यो सन्दर्भमा कुनै निर्णयहरु भएको छैन । संस्थाले आफूले म्यानेज गर्दासम्मको अवस्थामा र अलिक गम्भीर समस्या नदेखिएसम्मको अवस्थामा राष्ट्रबैंकले संस्था चलाएर साध्य हुन्न । कर्णालीमा चाहिँ अलिक गम्भीर खालका कुराहरु भेटिएका कारण हामीले हस्तक्षेप गर्नुपरेको थियो । अन्य संस्थाहरु केन्द्रीय बैंकले हस्तक्षेप गर्नैपर्ने अवस्थामा छैनन् ।’

केन्द्रीय बैंकको उच्च व्यवस्थापनमा पोखरा र जानकी फाइनान्स लगायतका कमजोर कम्पनीमाथि कडा कदम चालेरै अगाडि बढ्नुपर्ने आवाज उठे पनि गभर्नर महाप्रसाद अधिकारीले त्यसमा असहमति राख्ने गरेका थिए ।

Garima Development Bank
Shivam Cement
IME remit

"केन्द्रीय बैंकको यो कदमसँगै पोखरा फाइनान्स र जानकी फाइनान्स तत्काल ठूलो नियामकीय कारबाहीबाट जोगिएका छन् । यसले ती कम्पनीका उच्च व्यवस्थापन, सञ्चालकदेखि सेयर बजारका लगानीकर्तासम्मलाई समेत राहात हुने देखिन्छ ।"

उनले कर्णाली डेभलपमेन्ट बैंकमा १३८ करोडको सोझै फ्रड देखिएका कारण त्यो संस्थालाई समस्याग्रस्त घोषित गरी केन्द्रीय बैंकले टेकओभर गर्नुपर्ने कारण प्रस्तुत गर्दै बाँकी कम्पनीहरुमा त्यो खालको गम्भीर समस्या नदेखिएको र संस्थाहरु आफैंले म्यानेज गर्नसक्ने खालका समस्यामै आधारित रहेर समस्याग्रस्त घोषणा गर्नु वा टेकओभर गर्नु गलत रहेको बताउने गरेका छन् । ‘थप संस्थाहरुलाई समस्याग्रस्त घोषणा गरेर प्रणालीमै अत्यासको अवस्था सिर्जना गर्नुभन्दा सम्बन्धित संस्थाहरुलाई मौका दिनुपर्ने लाइनमा गभर्नर हुनुहुन्थ्यो ।’ स्रोत भन्छ –‘जानकी र पोखरा फाइनान्सलाई पनि आन्तरिक समस्या व्यवस्थापनका लागि समय दिइएकोमा उनीहरुले राम्रो गरेको हाम्रो ठहर छ । अझ पोखराले आफूलाई तीव्र गतिमा सुधार गर्न थालेपछि र व्यवस्थापनलाई समेत थप चुस्त बनाई सिर्जित समस्याप्रति सञ्चालकहरु समेत गम्भीर बनेको देखिएपछि थप कारबाही गर्नुपर्ने अवस्था देखिएन ।’  

केन्द्रीय बैंकको यो कदमसँगै पोखरा फाइनान्स र जानकी फाइनान्स तत्काल ठूलो नियामकीय कारबाहीबाट जोगिएका छन् । यसले ती कम्पनीका उच्च व्यवस्थापन, सञ्चालकदेखि सेयर बजारका लगानीकर्तासम्मलाई समेत राहात हुने देखिन्छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.