साना लगानीकर्तालाई मध्यनजर गर्दै प्रभु क्यापिटलले एसआइपी ल्याउने, उच्च रिटर्नको सम्भावना
काठमाण्डौ । सानो रकमबाट सुरु गर्न सकिने वा साना लगानीकर्ताका लागि उपयुक्त लगानीको माध्यम भनेकै खुलामुखी योजना (ओपन इन्डेड म्युचुअल फण्ड)मा लगानी गर्नु हो । खुलामुखी योजना र एसआइपी लगानीका लागि दुई छुट्टाछुट्टै माध्यम भएपनि एकअर्कासँग सम्बन्धित अवधारणा हुन् । यी दुबै म्युचुअल फण्डसँग जोडिएका हुन्छन् र लगानीकर्तालाई सजिलो, लचिलो र सुरक्षित तरिकाले लगानी गर्न मद्दत गर्दछ...