युक्रेनले तेल प्रशोधन केन्द्रहरुमा लगातार ड्रोन आक्रमण गर्दा रुसमा इन्धन संकट
काठमाण्डौ । युक्रेनले रूसी तेल प्रशोधन केन्द्रहरूमा लगातार गरेको आक्रमणपछि रुसमा इन्धन आपूर्तिमा गम्भीर अवरोध उत्पन्न भएको छ। यसले देशका विभिन्न क्षेत्रमा पेट्रोल र डिजेलको अभाव, लामो लाइन र कोटा प्रणाली लागू हुन थालेको छ।रिपोर्टहरूका अनुसार पछिल्ला महिनाहरूमा दर्जनौँ तेल प्रशोधन केन्द्रहरू प्रभावित भएपछि रुसको इन्धन उत्पादन उल्लेखनीय रूपमा घटेको छ। यसका कारण केही...

