रुसमा ५ सय वर्षमा पहिलोपटक विस्फोट भयो ज्वालामुखी
काठमाण्डौ । रुसको सुदूर पूर्वी क्षेत्रमा ५०० वर्षपछि पहिलो पटक ज्वालामुखी विस्फोट भएको छ । यसबारे विज्ञहरुले यो गत साता गएको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुनसक्ने बताएका छन् । राति कामचाट्काको क्राशेनिनिकोभ ज्वालामुखीबाट खरानीको बादल करिब छ किलोमिटर उचाइमा पुगेको थियो। रुसको आपतकालीन मन्त्रालयले यसबाट जनसंख्या भएको क्षेत्रलाई कुनै खतरा नरहेको बताएको छ ।