काठमाण्डौ । रुसको सुदूर पूर्वी क्षेत्रमा ५०० वर्षपछि पहिलो पटक ज्वालामुखी विस्फोट भएको छ । यसबारे विज्ञहरुले यो गत साता गएको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुनसक्ने बताएका छन् ।
राति कामचाट्काको क्राशेनिनिकोभ ज्वालामुखीबाट खरानीको बादल करिब छ किलोमिटर उचाइमा पुगेको थियो। रुसको आपतकालीन मन्त्रालयले यसबाट जनसंख्या भएको क्षेत्रलाई कुनै खतरा नरहेको बताएको छ ।
त्यसको केही घण्टापछि रुसमा अर्को ठूलो भूकम्प गएपछि प्रायद्वीपका तीन क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ । दुवै घटना गत हप्ता यस क्षेत्रमा गएको शक्तिशाली भूकम्पसँग जोडिएको हुनसक्ने जनाइएको छ । यसको तीव्रता ८.८ म्याग्नीच्युड मापन गरिएको थियो।
यस भूकम्पका कारण फ्रेन्च पोलिनेसिया र चिलीजस्ता दुर्गम क्षेत्रमा समेत सुनामीको चेतावनी जारी गरिएको थियो ।