काठमाण्डौ । मौसम तथा बाढी पूर्वानुमान महाशाखाले आज बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेकोे सुचना सार्वजनिक गरेपछि सुरक्षा निकाय र सरकारी संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ।
यसकालागि सशस्त्र प्रहरी बलले देशभर ५४ वटा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरी तत्काल उद्धार कार्यका लागि १११४ हटलाइन सेवा सञ्चालनमा ल्याएको छ। यस्तै नेपाली सेनाले बाढी–पहिरो न्यूनीकरणका लागि तीन चरणको पूर्वतयारी गर्दैहवाई उद्धारका लागि तीन स्थानमा हेलिकप्टर तयारी अवस्थामा राखेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभरी मनसुनी प्रणाली सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको छ।शाखाले बुधबार र बिहीबार दुई दिन मौसम थप प्रतिकूल रहने पूर्वानुमान गरेपछि सरकारले विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्रलाई उच्च सतर्कतामा राखेको हो।
बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण मनसुन अझ सशक्त भए पशचात देशभरका जोखिमयुक्त क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षाकर्मीहरू तैनाथ गरिएकाछन्।

