सन्तोष भण्डारी बने एसबिआई मर्चेण्ट बैंकिङ्गको सीईओ
काठमाण्डौ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमीटेडको प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतमा सन्तोषकुमार भण्डारी नियुक्त भएका छन् । असार १३ गते बसेको कम्पनीको सञ्चालक समितिको ७१ औं बैठकले सोही मितिदेखि लागू हुने गरी भण्डारलई प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।