काठमाण्डौ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमीटेडको प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतमा सन्तोषकुमार भण्डारी नियुक्त भएका छन् ।
असार १३ गते बसेको कम्पनीको सञ्चालक समितिको ७१ औं बैठकले सोही मितिदेखि लागू हुने गरी भण्डारलई प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
यसअघि भण्डारीले नेपाल एसबिआई बैंक लिमिटेडको सुदुरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, लेखापरीक्षण विभाग अधिकृतको जिम्मेवारी सम्हालेका थिए । बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा १६ बर्षभन्दा बढीको कार्यानुभव सँगालेका भण्डारी स्रोत तथा साधनको उच्चतम परिचालन तथा व्यवस्थापन गर्नसक्ने एक कुशल नेतृत्व रहेका कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनीको रूपमा स्थापित नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको चुक्ता पूँजी रु २० करोड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूतिकर्ता, शेयर रजिष्ट्रार, लगानी व्यवस्थापन र संस्थागत परामर्शदाता लगायतका मर्चेण्ट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।