सप्तकोसी सिमेन्ट आईपीओ ल्याउने तयारीमा
काठमाण्डौ । सप्तकोसी सिमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य एजेण्डासहित साधारण सभा डाकेको छ । असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कात्तिक २४ गते काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राधाभवनमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।