शनिबार, जेष्ठ २,२०८३ 11:28:01
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 11:28:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सप्तकोशी सिमेन्टले जारी पूँजीको २०% आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

Laxmi Sunrise Bank Limited
सप्तकोशी सिमेन्टले जारी पूँजीको २०% आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
Shivam Cement

काठमाण्डौ । सप्तकोशी सिमेन्टको उत्पादक कम्पनी सप्तकोशी सिमेन्ट लिमिटेडले प्राथमिक सेयर निष्कासन (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले रु. १०० अंकित दरका जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

यसका लागी कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ । यस सम्बन्धमा मंसिर १० गते काठमाण्डौ त्रिपुरेश्वरस्थित सप्तकोशी सिमेन्टको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा सप्तकोशी सिमेन्टका तर्फबाट अध्यक्ष मोना जालान तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरे ।

Bizshala
New Office
CG Motors

सप्तकोशी सिमेन्ट लिमिटेडको दैनिक उत्पादन क्षमता ६०० टन रहेको छ । कम्पनीले नेपाल गुणस्तरको निर्धारित मापदण्ड अनुसार पिपिसी तथा ४३ र ५३ ग्रेडको ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ । नेपालको सिमेन्ट बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको एचआर गोयल समूहद्वारा प्रवर्धित यस कम्पनीले सन् २०१९ मा व्यवशायिक उत्पादन सुरु गरेदेखि हाल सम्म निरन्तर संचालन नाफा कायम राख्न सफल रहेको छ ।

पूर्वी नेपालमा करिब २० प्रतिशत बजार हिस्सा ओगटेको यस कम्पनीले अन्य क्षेत्रिय प्रतिस्पर्धीहरु माझ निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले गत वर्षको तुलनामा २७ प्रतिशत बढी बिक्री लक्ष्य हासिल गर्न सफल भएको जनाएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

साथै, आव २०८१/८२ को मुनाफाबाट कम्पनीले १२ प्रतिशत बोनस सेयर समेत जारी गरेको छ । प्रस्तावित आईपीओबाट उठ्ने पूँजी नयाँ क्लिङ्कर प्लान्ट स्थापना गर्न तथा हाल संचालनमा रहेको प्लान्टको क्षमता विस्तार गर्न प्रयोग गरिनेछ । यसले उत्पादन प्रकृयामा एकीकृतता ल्याई कम्पनीको प्रतिस्पर्धात्मक क्षमता, वित्तिय प्रदर्शन र दिर्घकालिन वृद्धिलाई थप बलियो बनाउने छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.