सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड, कतिको भागमा पर्यो १० कित्ता सेयर ?
काठमाण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडले गत वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको छ ।कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९०० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये...

