युनिक नेपाल लघुवित्तद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी फागुन १३ गते सातौं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । संस्थाको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले कोहलपुरमा रहेको होटल सेन्ट्रल प्लाजामा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । संस्थाले गत आवका लागि कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांससँग सम्बन्धित कुनै पनि...

