मंगलवार, जेष्ठ ५,२०८३ 08:55:11
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 08:55:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोलफ्री सुविधा

Laxmi Sunrise Bank Limited
नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोलफ्री सुविधा
Shivam Cement

काठमाण्डौ । नबिल बैंकले नबिल कस्टमर केयर सेन्टरमा टोल–फ्री नम्बरको एकीकरण गरेको छ । ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले यस्तो सुविधा सुरु गरेको हो ।  

अब ग्राहकहरूले नेपाल टेलिकम (एनटिसी) र एनसेल नेटवर्कमार्फत बिना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने नबिलले जनाएको छ । यस्तो सुविधाको प्रयोग गर्दै खाता विवरण, लेनदेन सोधपुछ, प्राविधिक सहायता र बैंकिङ सेवासँग सम्बन्धित कुनै पनि समस्या समाधानमा सहज पहुँच उपलब्ध हुने बैंकले जनाएको छ ।

Bizshala
New Office
CG Motors

बैंकले एनटिसी प्रयोगकर्ताको लागि टोल–फ्री नम्बर १६६००–१६२२४५ र एनसेल प्रयोगकर्ताको लागि १८१०२–१६२२४५ नम्बरमा कल गर्ने सुविधा दिइएको छ ।  

यस सेवाका मुख्य विशेषताहरूः

–निःशुल्क सम्पर्कः ग्राहकहरूले बिना कुनै शुल्क देशभरबाट बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन्।

–२४÷७ सेवा उपलब्धताः टोल–फ्री नम्बर २४ घण्टा, सातै दिन सञ्चालनमा रहनेछ।

–दक्ष र व्यावसायिक सेवाः प्रशिक्षित प्रतिनिधिहरूले ग्राहकका समस्याहरू शीघ्र र प्रभावकारी रूपमा समाधान गर्नेछन्।

–विविध च्यानल पहुँचः ग्राहकले टोल–फ्री नम्बरको अतिरिक्त बैंकको मोबाइल एप, भाइवर, वेबसाइट र शाखा नेटवर्कबाट पनि सेवा लिन सक्नेछन्।

Garima Development Bank
Shivam Cement
IME remit

ग्राहक सन्तुष्टि र सेवा सुधारलाई निरन्तर प्राथमिकतामा राख्दै यो सेवा सुचारु गरेको बैंकले जनाएको छ। बैंकले टोल–फ्री नम्बरको एकीकरणले ग्राहक र बैंकबीचको सम्पर्कलाई थप सहज र प्रभावकारी बनाउने विश्वास गरेको छ । बैंकले आफ्ना सम्पूर्ण ग्राहकलाई कुनै पनि सोधपुछ, सहायता वा सेवा आवश्यकताका लागि यो सुविधा प्रयोग गर्न आग्रह गरेको छ ।  

नबिलले नेपालको पहिलो निजी वाणिज्य बैंकका रूपमा ४० वर्षदेखि आधुनिक, डिजिटल र ग्राहक–केन्द्रित वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले आफ्नो सेवा सञ्जाल र प्रविधिमा निरन्तर सुधार गर्दै आएको छ । नबिलले देशभर २६८ शाखा सञ्जालसहित ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २४ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएकोे छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.