मंगलवार, असार ३,२०८२ 09:58:58
  • मंगलवार, असार ३,२०८२ 09:58:58
Global IME Bank Limited

यी देशमा जाने नेपालीलाई सावधान रहन सरकारको आग्रह

Hyundai Nepal
यी देशमा जाने नेपालीलाई सावधान रहन सरकारको आग्रह
Nabil Bank Limited

काठमाण्डौ । सरकारले थाइल्याण्ड लगायतका देशहरुमा जान चाहाने नेपालीहरुका लागि यात्रा सम्बन्धी सूचना (ट्राभल एभभाइजरी) जारी गरेको छ । थाईल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस लगायतका मुलुकहरुमा विभिन्न प्रलोभनहरु देखाइ जबरजस्ती अवैध कार्यहरु लगाइएको पाइएपछि सरकारले ट्राभल एडभाइजरी जारी गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मानव बेचबिखन तथा अन्य अपराधिक गतिविधिहरुमा संलग्न गिरोहहरुले नेपाली नागरिकहरुलाई कम्बोडिया, लाओस र म्यानमारमा लगी जबरजस्ती अवैध कार्यहरु लगाउने, रोजगारदाताले पासर्पोट खोसिदिने, १२–१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने र तलब नदिने जस्ता समस्याहरु देखिएपछि सरकारले यस्तो कदम चालेको हो ।  

उल्लिखित समस्याहरु जानकारी गराउँदै उद्धारका लागि नेपाली राजदूताबास याङ्गुन र बैंककमा आवेदन गर्ने नेपालीहरुको संख्यामा उल्लेखनीय बढोत्तरी भएपछि नेपाल सरकार परराष्ट्र मन्त्रालयले यात्रा सम्बन्धी सूचना गरी उक्त देशमा जानुअघि सावधानी अपनाउन आग्रह गरेको छ ।  

मन्त्रालयले प्रायः सामाजिक सञ्जालमा देखिने रोजगारीका नक्कली विज्ञापनको भ्रममा नपर्न, वैदेशिक रोजगारीमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न, रोजगारीको प्रस्ताव स्वीकार गर्नुअघि कम्पनी र रोजगारदताको बारेमा पर्याप्त जानकारी लिन सबैलाई अनुरोध गरेको छ ।  

यसअघि थाईल्याण्ड र म्यानमारमा आईटी सेक्टरमा आकर्षक तलब र सुविधा दिने भनि विभिन्न प्रलोभनहरु देखाई नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा दुबई लगायका मुुलुकहरुमा रहेका नेपालीहरुलाई थाईल्याण्डको बैंकक र याङ्गुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगेर जबरजस्ती अवैध कार्यहरुमा लगाइएको पाइएको थियो । उक्त विषयमा सरकारले २०७९ पुष महिनामा ट्राभल एडभाइजरी जारी गरेको थियो । त्यसपछि प्रलोभनमा परि उक्त क्षेत्रमा जाने नेपालीको संख्यामा कमी आएको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.