बुधबार, असार १८,२०८२ 11:17:41
  • बुधबार, असार १८,२०८२ 11:17:41
Global IME Bank Limited

मानव बेचबिखनमा आधारित डकुमेन्ट्री फिल्म ‘फ्रम द स्याडोज’ काठमाण्डौमा प्रदर्शन

Hyundai Nepal
मानव बेचबिखनमा आधारित डकुमेन्ट्री फिल्म ‘फ्रम द स्याडोज’ काठमाण्डौमा प्रदर्शन
Nabil Bank Limited

काठमाण्डौ । मानव बेचबिखनमा आधारित डकुमेन्ट्री फिल्म ‘फ्रम द स्याडोज’ काठमाण्डौमा प्रदर्शन भएको छ । इम्पल्स एनजीओ नेटवर्कले काठमाण्डौमा मानव बेचबिखन बारे डकुमेन्ट्री फ्रम द स्याडोज’ वृत्तचित्र प्रदर्शन गरेको हो ।  

मानव बेचबिखन तथा शोषण विरुद्ध जनचेतना जगाउने र कारबाही गर्न उत्प्रेरित गर्ने उद्देश्यले यसको प्रदर्शन गरिएको थियो ।  

इम्पल्स एनजीओ नेटवर्कको कन्ट्री पार्टनर मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल, नेपाल इन्टरनेट फाउन्डेसन, सनवे कलेज, सेन्ट जेभियर कलेजको सहकार्यमा वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

CG Motors
Muktinath Bikas Bank Limited

सो कार्यक्रममा सनवे कलेज र सेन्ट जेभियर्सका विद्यार्थी तथा शिक्षकहरू समेत सहभागी भएका थिए । कार्यक्रममा प्यानल सेसन समेत भएको थियो । सेसनमा वक्ताका रूपमा मरियम चण्डी मेनाचेरी, लिपाशा श्रेष्ठ, मीना शर्मा र ट्याटुम स्ट्रिट रहेका थिए ।  

कार्यक्रममा मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालकी मिना शर्माले नेपालमा मानव अधिकार बारे थप चेतना र कामको थालनी गर्नुपर्ने बताइन ।  

यस्तै नेपाल नेपाल इन्टरनेट फाउण्डेशनका अध्यक्ष विक्रम श्रेष्ठले मानव बेचबिखन विरुद्धको अभियानमा योगदान पुर्‍याउने सबै सहयोगी तथा सहभागीहरुलाई धन्यवाद दिदै यसको सचेतना फैलाउन र सकारात्मक परिवर्तनका लागि काम गर्नुपर्ने बताए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.