शनिबार, जेष्ठ २,२०८३ 01:42:12
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 01:42:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वार्षिकोत्सवका अवसरमा मुक्तिनाथ विकास बैंकले ल्यायो विभिन्न योजना, नगददेखि मोवाईल फोनसम्म जित्न सकिने

Laxmi Sunrise Bank Limited
वार्षिकोत्सवका अवसरमा मुक्तिनाथ विकास बैंकले ल्यायो विभिन्न योजना, नगददेखि मोवाईल फोनसम्म जित्न सकिने
Shivam Cement

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले १९ औं वर्ष प्रवेश गरेको अबसरमा आफ्नो ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न मुक्तिनाथ ANNIVERSARY BONANZA योजना अन्तर्गत विभिन्न योजना सार्वजनिक गरेको छ ।  

पहिलो योजनाअनुसार बैंकको मोवाईल बैंकिङमा भएको कनेक्ट आईपीएसमार्फत रकम ट्रान्सफर गर्ने ग्राहकहरुमध्येबाट २ जना ग्राहकलाई लक्की–ड्र मार्फत मोवाईल फोन प्रदान गरिने छ ।  

यसैगरी रु १०० वा सो भन्दा बढीको टपअप तथा डेटा प्याक लिने दैनिक १९ जना ग्राहकले लक्की–ड्र मार्फत रु १०० को टपअप प्राप्त गर्नेछन् । यो योजना पुस १९ गते देखि माघ १९ गते सम्मका लागि रहनेछ ।  

Bizshala
New Office
CG Motors

दोश्रो योजनाअनुसार बिजुलीको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित रहेको छ । यस योजनामा बैंकको मोवाईल बैंकिङमार्फत  बिजुलीको बिल भुक्तानी गर्ने १ जना ग्राहकले लक्की–ड्र मार्फत बिल भुक्तानी रकम वा अधिकतम रु १० हजार १२५ सम्म प्राप्त गर्न सक्नेछन ।  यो योजना पुस १९ गतेदेखि माघ १९ गते सम्मका लागि हुनेछ । तेश्रो योजनाअनुसार बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोवार क्यूआर मार्फत प्राप्त नगरेका मर्चेन्टहरुले यस अवधिमा कारोबार संख्या ३ र रकमरु २०० सम्मको कारोवार रकम क्यूआर मार्फत प्राप्त गरेमा त्यस मर्चेन्ट मध्ये ५ जना मर्चेन्टल ेलक्की–ड्र मार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् ।  

त्यसैगरी भारतीय पर्यटकबाट क्यूआर मर्चेन्टमा रु २००÷– सम्मको  रकम क्यूआर मार्फत प्राप्त गरेमा  त्यस प्रकारका मर्चेन्टहरुमध्ये ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् । यो योजना २०८१ पुस १९ गते देखि पुस २५गते सम्मका लागि हुनेछ ।

 

Garima Development Bank
Shivam Cement
IME remit

यसका साथै, मोवाईल बैंकिङ्गमार्फत अन्य बैंकमा रकम ट्रान्सफर गर्ने दैनिक १ जनालाई लक्की–ड्र मार्फत रु १ हजार क्यास व्याक प्रदान गरिने छ । साथै क्यूआर मार्फत बिल भुक्तानीगर्ने ग्राहकहरु मध्येबाट दैनिक २ जनालाई लक्की–ड्र मार्फत रु ५०० का दरले क्यास व्याक प्रदान गरिने छ । यो योजना पुस १९ गते देखि पुस २५ गते सम्मका लागि हुनेछ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.