आईतवार, असार १,२०८२ 11:24:21
  • आईतवार, असार १,२०८२ 11:24:21
Global IME Bank Limited

नेटा भी र नेटा एक्सको व्यापार थाईल्याण्डमा चम्कियो, कैयन ब्राण्डलाई पछि पार्‍यो

Hyundai Nepal
नेटा भी र नेटा एक्सको व्यापार थाईल्याण्डमा चम्कियो, कैयन ब्राण्डलाई पछि पार्‍यो
Nabil Bank Limited

बैंकक । चिनियाँ ब्राण्ड नेटाका इलेक्ट्रिक एसयूभीप्रति विभिन्न देशमा ग्राहकको आकर्षण लगातार बढिरहेको देखिएको छ ।  

नेपाली बजारमा औसत व्यापार गरिरहेको नेटाका इलेक्ट्रिक एसयूभीहरुप्रति थाइल्याण्डमा भने निकै राम्रो आकर्षण देखिँदै आएको छ ।

विगतदेखि नै थाईल्याण्डमा नेटा भी र नेटा एक्स भेरिएन्टहरुले ग्राहकको मन जितिरहेका छन्, यो क्रमले डिसेम्बरमा पनि निरन्तरता पाएको आँकडा सार्वजनिक भएको छ ।  

सन् २०२४ को डिसेम्बर महिनामा थाईल्याण्डमा बिक्री भएका विभिन्न ब्राण्डका इलेक्ट्रिक सवारीहरुमध्ये नेटा भी र नेटा एक्सले बिक्रीमा लगातार तेश्रो र चौथो स्थान सुरक्षित गरेका छन् ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीका अनुसार थाईल्याण्डको बजारमा डिसेम्बरमा मात्रै ३४२ युनिट नेटा भी र ३४२ युनिट नै नेटा एक्स बिक्री भएका छन् । यो भनेको सो महिना कुल बिक्री भएका इभीमध्ये नेटा भीले तेश्रो र नेटा एक्सले चौथो स्थान पाएको भन्ने हो ।  

थाईल्याण्डको आधिकारिक निकायले सार्वजनिक गरेको आँकडा यसकारण पनि चाखलाग्दो छ कि, त्यहाँ नेपाली बजारमा तताइरहेका अन्य इलेक्ट्रिक सवारीहरु समेत संलग्न छन्।  

नेपालका लागि नेटा ब्राण्डको आधिकारीक वितरक सिजी मोर्टसले नेटाका यी दुबै मोडलका कारहरु नेपालमा पनिबिक्री गर्दै आएको छ ।  

नेटा भी क्रसओभर वर्गमा इलेक्ट्रिक बाहन(इभी) चाहने व्यक्तिहरुका लागि एक महत्वपूर्ण विकल्प हो । यसको ४०.७ किलोवाट ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ, जबकि ५० किलोवाट मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ।  १२० एनएम टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसले तीव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ। नेटा भी निकै छिटो २० मिनेटको चार्जमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ। यसमा एकल चार्जमा ३८० किलोमिटर किमि दायरा छ र यो क्याटलका लिथियम आयरन फस्फेट ब्याट्रीले चल्दछ, जसको ७ वर्ष वा १५०००० किमी वारेन्टी छ ।

नेटा एक्स एकल चार्जमा ५०० किमीसम्म यात्रा गर्न सक्छ। यसमा १८५ मिमि ग्राउन्ड क्लियरन्स छ, जसले चालकलाई सुरक्षा महसुस गराउँछ। क्याटलका अत्याधुनिक लिथियम आयरन फस्फेट ब्याट्रीहरूले सुसज्जित नेटा एक्सले पनि ८ वर्ष वा १८०००० वारेन्टीको साथ विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी दिन्छ। यी सुविधाहरूले नेटा एक्सलाई एक अब्बल, आकर्षक र पर्यावरणमैत्री एसयूभीको रूपमा आकर्षक विकल्प बनाउँछ।

अन्य कुनको बजार कस्तो ?

थाई बजारमा पनि नेपालमा जस्तै बीवाईडीका इभीप्रति अलिक बढी आकर्षण देखिन्छ । बीवाईडी डल्फिनले डिसेम्बरमा सबैभन्दा बढी व्यापार गरेको देखिन्छ ।  

दोश्रो स्थानमा दिपल छ ।  

एमजी फोर, टेस्ला, ओरा, बीवाईडी अटो थ्री, बीवाईडी सील, आयन वाई प्लस लगायतका इलेक्ट्रिक एसयूभीको व्यापार नेटा भी र नेटा एक्सको भन्दा कमजोर देखिन्छ ।  

-एजेन्सीको सहयोगमा

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.