मंगलवार, जेष्ठ ५,२०८३ 04:43:56
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:43:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

उच्च लाभांश क्षमता भएका दुई वाणिज्य बैंक, कुन सूचकमा कुन अब्बल ?

Laxmi Sunrise Bank Limited
उच्च लाभांश क्षमता भएका दुई वाणिज्य बैंक, कुन सूचकमा कुन अब्बल ?
Shivam Cement

काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुमध्ये एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक सबैभन्दा बढी लाभांश बाँड्न सक्षम देखिएका छन् ।  

वित्तीय अवस्था राम्रो भएकै कारण धितोपत्र दोस्रो बजारमा यी दुई बैंकको सेयरभाउ पनि उच्च छ । अधिकांश बाणिज्य बैंकहरुको सेयरभाउ २ सयको हाराहारीमा आइपुग्दा एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्डको सेयरभाउ भने पाँच सय रुपैयाँभन्दा माथि छ ।  

पछिल्लो समय दोस्रो बजारमा ‘लो क्याप’ वा ‘मिड क्याप’कम्पनीहरु बढी चलेका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये वाणिज्य बैंक समूहका कम्पनी तथा बैंकहरु ‘लार्ज क्याप’ अन्तर्गत पर्दछन् । अहिले बजारमा लार्ज क्याप कम्पनीहरु चल्न सकिरहेका छैनन् । आधारभूत पक्ष बलियो हुँदाका बाबजुत पनि नेप्सेमा सूचीकृत सेयर संख्या धेरै भएकाले डिमाण्ड भन्दा बढी सप्लाई हुन जाँदा वाणिज्य बैंकको सेयरभाउ माथि उक्लिन सकेको छैन । लार्ज क्याप भएकाले नै अधिकांश वाणिज्य बैंकको सेयरभाउ निकै सस्ता छन् ।  

Bizshala
New Office
CG Motors

तर यता एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरभाउ भने अन्य बैंकको तुलनामा महँगो नै छ । कारण यी दुई बैंकले लगानीकर्ताहरुलाई दिने लाभांशदर हो । वर्षेनी एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकले लगानीकर्तालाई उत्कृष्ट लाभांश दिदै आइरहेको छ ।  

चालु आवको दोस्रो त्रैमासिक रिर्पोट हेर्दा यी दुई बैंक नै बढी लाभांश दिन सक्षम रहेको देखिन्छ । पछिल्लो समय वाणिज्य बैंकहरुको खराब कर्जा अनुपात बढेर आम्दानी र मुनाफामा संकुचन आउँदा लगानीकर्तालाई राम्रो प्रतिफल दिन सकिरहेका छैनन् ।  

पछिल्लो केही वर्षयता बैंकहरुमा तरलता थुप्रिएको अवस्था र प्रोजिभनका लागि ठूलो रकम छुट्याउनुपर्ने प्रावधानले बैंकहरुले सोचेजस्तो नाफा कमाउन र लगानीकर्तालाई समेत राम्रो लाभांश बाँड्न सकेका छैनन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

चालु आवको दोस्रो त्रैमाससम्ममा सबैभन्दा बढी लाभांश क्षमता भएका बैंकहरुमा एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् । एभरेष्टले सो अवधिसम्मको विवरणअनुसार ३०.५८ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ भने स्ट्याण्डर्ड चार्टर्डले २३.५५ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता राख्दछ ।  

यी दुई बैंकको समग्र वित्तीय अवस्था पनि राम्रै देखिएको छ । दोस्रो त्रैमाससम्म विभिन्न सूचकमा दुईमध्ये को कति बलियो देखिएको छ भनि तुलनात्मक अध्ययन तयार पारिएको छ । तर यो अध्ययन यी दुईमध्ये कुनै बैंकको सेयर खरिदका लागि सिफारिस गरिएको भने होइन ।

कुन सूचकमा कुन अब्बल ?

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.