आईतवार, जेष्ठ ३,२०८३ 04:58:09
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:58:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेशनल लाइफ ३७ औं वर्षमा प्रवेश,वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम आयोजना

Laxmi Sunrise Bank Limited
नेशनल लाइफ ३७ औं वर्षमा प्रवेश,वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम आयोजना
Shivam Cement

 काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ३६ औं वर्ष पुरा गरी ३७ औं वर्षमा प्रवेश गरेको छ ।  

कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा कम्पनीका ५० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।  

यसका साथै देशभरमा ५३ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना सम्पन्न गरिएको कम्पनीले जनाएको छ । कम्पनीले अपाङ्गता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टिविहिन व्यक्तिहरुलाई सेतो छडि वितरण गरेको छ ।  

Bizshala
New Office
CG Motors

कम्पनीले चालु वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७८/०७९को मुनाफावाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस सेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरी सकेको छ । कम्पनीको जीवन बीमा कोषको आकार.७१ अर्ब हाराहरीमा छ । आर्थिक वर्ष २०७८/०७९ बोनस सेयर वितरण पछि कम्पनीको चुक्तापूँजी ५अर्ब १ करोड रुपैयाँ रहेको छ ।  

कम्पनीले बीमितहरुलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ । आव २०७८/०७९ को बीमाङ्कीय मूल्याङ्कनपश्चात बीमितलाई न्यूनतम प्रति हजार ६३ रुपैयाँ देखि अधिकतम प्रतिहजार ८५ रुपैयाँ सम्म प्रदान गरेको कम्पनीले उल्लेख गरेको छं ।

कम्पनीको ११७ शाखा कार्यालय र ५०० कर्मचारी रहेको कम्पनीमा १ लाखभन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् ।  

कम्पनीले स्थापनाकाल देखि २०८० सालपौष मसान्त सम्म कूल बीमाशुल्क आम्दानी रु.१०२ अरब ३० करोड आर्जन गरेको छ । कम्पनीले यो अवधिसम्म कुल ४५ लाख ५६ हजार बीमालेख जारी गरेको छ र कुल रु.३७ अरब ४९ करोडबराबर बीमा दावी भुक्तानी गरेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.