शनिबार, जेष्ठ २,२०८३ 01:16:24
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 01:16:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा संसदमा प्रचण्डको प्रश्न, ‘नक्कली अडिटको काण्ड के भयो ?’

Laxmi Sunrise Bank Limited
रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा संसदमा प्रचण्डको प्रश्न, ‘नक्कली अडिटको काण्ड के भयो ?’
Shivam Cement

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिलायन्स स्पिनिङ मिल्सको आईपीओको अनुमति बारे संसदमा प्रश्न गरेका छन् । बिहिबार प्रतिनधि सभाको बैठकमा बोल्दै प्रचण्डले आईपीओ निष्कासनको क्रममा प्रकाशित भएको रिलयान्स रिलायन्स स्पिनिङ मिल्सको नक्कली अडिटको बारेमा प्रश्न गरेका हुन् ।  

उनले भने, ‘म सोध्छु, स्पिनिङ मिल्सको आईपीओमा नक्कली अडिटको काण्ड के भयो ?’ उत्तर मै दिन्छु, धितोपत्र बोर्डमैं मिलाइयो ।’

Bizshala
New Office
CG Motors

रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने हिसाब नदेखाएर उच्च नेटवर्थ देखाएर बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्ने तयारी गरेको थियो । कम्पनीले बुक बिल्डिंग विधिको चरम दुरुपयोग गरी प्रतिकित्ता ८२०.८० रुपैयाँको दरले आईपीओ बिक्री गर्न लागेको थियो । कम्पनीले गत असार २७ गतेदेखि विदेशमा कार्यरत नेपालीका लागि आईपीओ निश्कासनको मिति तोकेको थियो ।  

तर संघीय संसदको सार्वजनिक लेखा समितिले ५ बुँदे प्रष्टीकरण सोधेपछि नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको जारी आईपीओ निश्कासन प्रक्रिया रोकेका थियो । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.