मंगलवार, जेष्ठ ५,२०८३ 09:36:51
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 09:36:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

निर्जीवन बीमा कम्पनीहरुबाट जम्मा १९.५७ % मात्रै दाबी भुक्तानी, कुनले कति दिए ?

Laxmi Sunrise Bank Limited
निर्जीवन बीमा कम्पनीहरुबाट जम्मा १९.५७ % मात्रै दाबी भुक्तानी, कुनले कति दिए ?
Shivam Cement

काठमाण्डौ । गत असोज महिनामा आएको भीषण बाढीका कारणले भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा पौने १३ अर्ब रुपैयाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको माघ २३ गतेसम्मको तथ्याङ्कअनुसार निर्जीवन बीमा कम्पनीहरुमा १२ अर्ब ७८ करोड २४ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।  

निर्जीवन बीमकहरुले भने सो अवधिसम्म जम्मा १९.५७ प्रतिशत बीमाको दाबी रकम भुक्तानी गरेका छन् । प्राधिकरणका अनुसार १४ निर्जीनव बीमा कम्पनी र ४ लघु निर्जीवन बीमा कम्पनी गरी कुल १८ कम्पनीले सो अवधिसम्म जम्मा २ अर्ब ५० करोड २० लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेका छन् ।  

Bizshala
New Office
CG Motors

नेपाल बीमा प्राधिकरणले दाबी भुक्तानी छिटो छरितो र सहज बनाउने बीमा कम्पनीलाई निर्देशन दिदै आएपनि बीमकहरुले समयमै दाबी भुक्तानी दिन सकिरहेका छैनन् । निर्जीवन बीमा कम्पनीहरुको दाबी भुक्तानीमा झन्झटिलो प्रक्रिया हुने भएकाले दाबी भुक्तानी गर्न समय लाग्ने बीमक संघले बताउँदै आइरहेको छ ।  

बीमितको धन सम्पत्ति वा बीमा गरिएको जुनसुकै कुरा क्षति भएर दाबी भुक्तानीका लागि बीमितले निवेदन दिएपछि बीमा कम्पनीका सर्भेयरहरुले कन्फर्मेशनको लागि प्रक्रिया सुरु गर्छ । त्यस्ता क्षति भएको वस्तु साच्चिकै क्षति भएको हो या होइन भनि निश्चित गर्न सर्भेयरलाई समय लाग्ने हुँदा निर्जीवन बीमा कम्पनीहरुको दाबी भुक्तानी ढिलाई हुँदै आइरहेको छ ।  

तर पछिल्लो समय केही कम्पनीहरुमा बीमितको कागजात सहि हुँदाहुँदै पनि दाबी भुक्तानीमा ढिलाई भएको देखिन्छ । यसकारण नेपाल बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरुमा दाबी भुक्तानी नदिएको विषयमा उजुरीको चाङ लागेको प्राधिकरणले जनाएको छ ।  

प्राधिकरणका अनुसार अझैपनि निर्जीवन बीमा कम्पनीहरुले बाढीबाट क्षति पुगेको सम्पत्ति वा वस्तुको ९ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ दाबी भुक्तानी दिन बाँकी रहेको छ । बीमितबाट दाबी परेपनि सबै दाबीको भुक्तानी नहुने र सर्भेयरले फैसला गरेको दाबीको मात्रै बीमहरुले दाबी भुक्तानी गर्ने प्राधिकरणले जनाएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

सो अवधिसम्म कुल २ हजार २४९ वटा दाबी संख्या बापत २ अर्ब ५० करोडको मात्रै दाबी भएको छ भने १ हजार ५३० वटा दाबीको ९ अबृ ८७ करोड ९९ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी हुन बाँकी नै रहेको छ ।  

कुन कम्पनीले कति दिए भुक्तानी ?

बीमा प्राधिकरणका अनुसार माघ २३ गतेसम्ममा सबैभन्दा बढी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ५२ करोड ५४ लाख रुपैयाँ बराबर दाबी भुक्तानी दिएको छ । कम्पनीले ३१४ वटा दाबीको सो बराबरको भुक्तानी दिएको हो ।  

अझैपनि कम्पनीले १९८ वटा दाबी बराबर १ अर्ब ८८ लाख ५७ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।  

त्यस्तै, दोस्रोमा शिखर इन्स्योरेन्सले ४४० वटा दाबी संख्याको ४४ करोड ४७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने कम्पनीले अझैपनि ११९ वटा दाबी बराबर ७० करोड १२ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।  

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पनि २३५ वटा दाबी संख्याको ३५ करोड ३७ लाख रुपैयाँको दाबी भुक्तानी दिएको छ भने अझैपनि कम्पनीले १९५ वटा दाबीको १ करोड १ करोड ३५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिन बाँकी रहेको छ ।  

त्यस्तै, युनाइटेड अजोडले १४२ वटा दाबी संख्याको १८ करोड ४३ लाख, सानिमा जिआइसीले ११५ वटा दाबीको १७ करोड ९७ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २०४ वटा दाबीको १८ करोड ४१ लाख रुपैयाँ, हिमालयन एभरेष्टले १४१ वटा दाबीको १५ करोड ८४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ९० वटा दाबीको १० करोड ६३ लाख रुपैयाँ, दि ओरियन्टलले १६१ वटा दाबीको ५ करोड ५७ लाख रुपैयाँ, नेशनलले २३ वटा दाबीको ३ करोड ४६ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियलले २०७ वटा दाबीको २० करोड ९१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ९५ वटा दाबीको ४ करोड १८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ६३ वटा दाबीको २ करोड ११ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले एउटा दाबीको ९ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी दिएको छ ।  

लघुबीमातर्फ भने स्टार माइक्रोले ६ वटा दाबीको ३ लाख रुपैयाँ, ट्रस्ट माइक्रोले ३ वटा दाबीको  ५ लाख रुपैयाँ, नेपाल माइक्रोले ४ वटा दाबीको ५ लाख रुपैयाँ र प्रोटेक्टिभ माइक्रोले ५ वटा दाबीको १ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ ।

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.