आईतवार, असार १,२०८२ 11:05:03
  • आईतवार, असार १,२०८२ 11:05:03
Global IME Bank Limited

रुरु जलविद्युतद्वारा ६ करोड बढी खुद नाफा आर्जन,रिजर्भको आकार २५.३२% ले घट्यो

Hyundai Nepal
रुरु जलविद्युतद्वारा ६ करोड बढी खुद नाफा आर्जन,रिजर्भको आकार २५.३२% ले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । विद्युत बिक्री आम्दानीमा आएको सुधार र वित्त खर्च घटेसँगै रुरु जलविद्युत परियोजना लिमिटेडको नाफा सामान्य बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ६ करोड रुपैयाँ नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १.९२ प्रतिशतले धेरै हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ५ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो ।    

यो अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत ९ करोड २२ लाख रुपैयाँबराबरको खुद आम्दानी गरेको छ । यो अघिल्लो आवको तुलनामा ०.९८ प्रतिशतले बढी हो । कम्पनीले ९४ हजार रुपैयाँबराबरको वित्त आम्दानी गरेको छ । कम्पनीको प्रशासनिक खर्च ६ लाख १२ हजार रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको चुक्तापूँजी ५६ करोड ७३ लाख रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको रिजर्भको आकार २५.३२ प्रतिशतले घटेर १६ करोड ४५ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको कुल चालु सम्पत्ति १८ करोड ५ लाख र कुल चालु दायित्व १० करोड ९० लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २१.१८ रुपैयाँ  ,प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५४.६२ रुपैयाँ मूल्य आम्दानी अनुपात ३४.४२ गुणा र तरलता अनुपात १.६६ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.