सोमबार, असार २,२०८२ 06:51:52
  • सोमबार, असार २,२०८२ 06:51:52
Global IME Bank Limited

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म छुटको व्यवस्था

Hyundai Nepal
हिमालयन लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म छुटको व्यवस्था
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पुनजार्गरण(नविकरण)गर्दा शतप्रतिशतसम्म ब्याज छुट दिने घोषणा गरेको छ ।

कम्पनीले साविकको प्राइम लाइफ,यूनियन लाइफ र गुँरास लाइफ इन्स्योरेन्स कम्पनीबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा बिलम्ब शुल्क(ब्याज छुट)को व्यवस्था गरेको हो ।    

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले यहि  फागुन १३ गतेदेखि फागुन २७ गतेसम्म नविकरण गरेमा बीमालेख नविकरण शुल्कमा लाग्ने ब्याजमा छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ३ वर्षसम्म व्यतित भएका बीमालेखहरुमा शतप्रतिशत,३ वर्षभन्दामाथि ५ वर्षसम्म अवधिका लागि ५० प्रतिशत,५ वर्षदेखि ७ वर्षसम्मका लागि ३५ प्रतिशत र ७ वर्षभन्दा माथि जतिसुकै अवधिका लागि व्यतित भएका बीमालेखहरुमा २५ प्रतिशत छुट प्रदान गरिने गरिनेछ ।  

यस योजनामा समावेश भएका बीमालेखहरु नविकरणको मितिदेखि २ वर्षभित्र सरेण्डर भएमा प्रदान गरिएको विलम्ब छुटको रकम कट्टा गरिने कम्पनीले जनाएको छ । यस किसिमको व्यतित बीमालेख पुनर्जारण  गर्दा दिइएको छुट सुविधा बीमा आवधिभर पुनः प्रदान नगरिने कम्पनीले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.