आईतवार, असार १,२०८२ 10:44:19
  • आईतवार, असार १,२०८२ 10:44:19
Global IME Bank Limited

ग्रील तथा स्टील व्यवसायीहरुलाई व्यवस्थित गर्न ग्रीलग्राम सञ्चालन गर्नुपर्नेमा जोड

Hyundai Nepal
ग्रील तथा स्टील व्यवसायीहरुलाई व्यवस्थित गर्न ग्रीलग्राम सञ्चालन गर्नुपर्नेमा जोड
Nabil Bank Limited

काठमाण्डौ । ग्रील तथा स्टील व्यवसायीहरुलाई व्यवस्थित ढंगबाट र शहरी सौन्दर्यतालाई कायम गर्न  सरकारले ग्रीलग्रामको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

ग्रील तथा स्टील व्यवसायी महासंघको प्रतिनिधिमण्डलले नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहसँगको छलफलमा यस्तो बताएका हुन् ।

सो अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष सिंहले लघु घरेलु तथा साना उद्योगहरुको उत्पादकत्व र क्षमता बढाउन सकेमात्रै अर्थतन्त्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन सकिने भन्दै यस्ता उद्योगहरुको प्रवद्र्धन गर्न जरुरी भएको बताए ।

लघु घरेलु तथा साना उद्योगहरुको उत्पादकत्व र क्षमता बढाउन नेपाल घरेलु तथा साना उद्योग महासंघ र ग्रील तथा स्टील व्यवसायी महासंघसँग आगामी दिनमा सहकार्य गरिने पनि अध्यक्ष सिंहले बताए ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठले सरकारी निकायहरुमा उद्योग दर्ता र नवीकरण प्रकृया झन्झटिलो भएको हुँदा सरल तरिकाबाट उद्योग दर्ता र नवीकरण गर्न सम्बन्धित निकायमा आवश्यक पहल गरीदिन आग्रह गरे ।

कोरोना एवं आर्थिक मन्दिको कारणबाट व्यवसायीहरुमा परेको आर्थिक समस्याको समाधानार्थ बैंकको उच्च ब्याजदरलाई न्यूनीकरण गर्न र विनाधितो सहुलियत दरको कर्जाको निमित्त सम्बन्धित निकायमा आवश्यक पहल गरिदिन पनि उनले आग्रह गरे ।

ग्रील तथा स्टील व्यवसयीहरुले आयत गर्ने ठूला एवं साना मेसीन औजारहरुमा सरल तरिकाबाट न्यूनतम भन्सार शुल्कमा आयत गर्न सम्बन्धित निकायमा आवश्यक पहल गरी दिन पनि अध्यक्ष श्रेष्ठले आग्रह गरे ।

ग्रील तथा स्टील व्यवसायी महासंघमा आवद्ध ११ हजार व्यवसायीहरुको हक हितका निमित्त स्थापित एक मात्र छाता संगठन हो । यो क्षेत्रमा कार्यरत दक्ष र अर्धदक्ष गरी एक लाख ६० हजार मजदुरहरुलाई प्रत्यक्ष एवं परोक्ष रुपमा रोजगारी प्रदान गरिरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

पूर्वधार विकासमा आवश्यक पर्ने र गृहस्त जीवनमा नभई नहुने सम्पूर्ण ग्रील जन्य सामानहरु फेब्रिकेटिङ्ग गरेर आयातलाई प्रतिस्थापन गरी निर्यात तर्फ उन्मुख रही पूर्वाधार निर्माण तथा विकास निर्माणमा सक्रिय योगदान पुर्याई रहेको उनले बताए ।

कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ, प्रथम उपाध्यक्ष केदार अधिकारी, महासचिव विवेकदास श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.