शनिबार, जेष्ठ २,२०८३ 11:27:15
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 11:27:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यसकारण इलिअट वेभको पाँचौ वेभमा बजार ३ हजार विन्दुसम्म पुग्न सक्ने(साप्ताहिक विश्लेषणसहित )

Laxmi Sunrise Bank Limited
यसकारण इलिअट वेभको पाँचौ वेभमा बजार ३ हजार विन्दुसम्म पुग्न सक्ने(साप्ताहिक विश्लेषणसहित )
Shivam Cement

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । ४ दिनमा बजार ४ दिन नै बढ्यो । अघिल्लो साता २ हजार ६७८.४७ विन्दुमा बन्द बन्द भएको बजार यो साता २ हजार ७४३.७४ विन्दुमा बन्द भयो  । यस हिसाबले यो साता सेयर बजार ६५.२७ अंकले बढ्यो ।  

अघिल्लो साता २१.३४ अंकले बजारमा गिरावट आएको थियो । यो साता दोस्रो बजारमा ३८ अर्ब ५८ करोडबराबरको सेयर कारोबार भयो । अघिल्लो साता पाँच कारोबारमा ३९ अर्ब २४ करोडबराबरको कारोबार भएको थियो । यस हिसाबले यो साता दोस्रो बजारमा सूचक र दैनिक औषत कारोबार दुवैमा बढोत्तरी आयो । यो साता बजार पूँजीकरण ४५ खर्ब ५४ अर्बको रह्यो । यस्तो बजार पूँजीकरण अघिल्लो साता ४४ खर्ब ४६ अर्ब रहेको थियो ।  

Bizshala
New Office
CG Motors

प्राविधिक पक्ष  

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले साना–ठूला गरेर एकदिनदेखि एकसय वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

यो साताको बजारलाई लगानीकर्ताको मनोविज्ञान, बजारले बनाएको चक्र, कारोबार र कारोबार रकम समेतको आधारमा हेर्दा हालको करेक्सन माइनर डिग्रीको वेभ ५ सकिएपछिको वेभ ‘एबीसी’ चलेको देखिन्छ । जसलाई कारोबार र भोल्युमले पनि पुष्टि गरेको छ ।  

पछिल्लो समयको बजारलाई नियाल्दा बजार इलिअट वेभको सिद्धान्तअनुसार चलेको छ प्रष्ट हुन्छ र आगामी दिनमा पनि चल्नेछ । यस हिसाबले यही सिद्धान्तलाई टेकेर नेप्सेका आगामी यात्रा अनुमान गर्नुपर्दा तथा बजार अनुसन्धान र लगानीकर्ताको मनोविज्ञानलाई समेत मध्यनजर गरेर हेर्दा यो साताको बढोत्तरी भनेको सानो समय अवधिको ५ औ  वेभ हुन सक्ने देखिन्छ । आगामी साता पनि यसले निरन्तरता पाउछ भने बजार एकपटक २९ सय देखि ३ हजारसम्म पुग्न सक्ने देखिन्छ ।  

वैैकल्पिक रुपमा यदि बजारले आगामी साता हाल चलेको पाँचौ वेभ ‘ट्रङकेशन’ भएको खण्डमा बजारको हालको बढोत्तरी २८ सय विन्दु आसपासमा नै सकिन पनि सक्छ । यद्यपी हालको यो सम्भावना कमै देखिन्छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई  

साप्ताहिक रुपमा बोलिङ्गर ब्याण्डको आधारमा बजारलाई नियाल्दा तीन सातादेखि मध्य ब्याण्डमा चलेको देखिन्छ । यो अवधिमा अपर ब्याण्ड र लोअर ब्याण्ड खुम्चिएको अवस्थामा रहेको छ । यसले सम्भावित रुपमा बजारले ट्रेन्ड परिवर्तन गर्न थालेको बुझिन्छ । साप्ताहिक रुपमा नै म्याक्डी मार्फत नियाल्दा एएसीडी लाइन र सिग्नल लाइनबीच करिब बुलिस क्रसओभर बन्दै गरेको देखिन्छ । हिस्टोग्राम फिक्का र छोटा–छोटा हुँदै गएका छन् । यसले पनि सम्भावित रुपमा बजार बुलिस बन्न सक्ने अनुमान लगाउन सकिन्छ । आरएसआई पनि न्यूट्रल तहबाट माथि ५८ को तहमा बुलिस नै देखिन्छ ।  

इचिमोकू  

इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए । प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्यूज पेपरमा प्रकाशित भएको थियो । योसँगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो ।  

अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ । इचिमोकु क्लाउडअन्तर्गत आज नेपालको सेयर बजार चार्टमा बुलिस क्रसओभर देखिएको हो । नेपालको सेयर बजारको चार्टमा राख्दा आज हरियो रेखाले रातो रेखालाई क्रस गरेर माथि जान खोजेको देखिन्छ । यसविपरीत यदि हरियो रेखाले रातो रेखालाई माथिबाट काटेर तल जान्छ भने त्यस्तो अवस्थामा बजार वियरिस हुने गर्छ ।

त्यसैगरि, मूल्य रेखाहरु पनि क्लाउडको पोजिसन भन्दा माथि चलेका छन् । यस हिसाबले इचिमोकू अन्तर्गत पनि बजार अप ट्रेन्डमा नै चलेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २८१९

प्रतिरोध २ – २७५०

प्रतिरोध १–  २७०४

पिभट् प्वइन्टः २६३५

घटेमा सपोर्ट  

सपोर्ट १– २५८८

सपोर्ट २– २५७०

सपोर्ट  ३ –२४७३

निष्कर्षः यो साताको बजारलाई कारोबार तथा भोल्युमबाट नियाल्दा  दैनिक औषत ९ अर्ब ६५  करोडबराबरको कारोबार भएको देखिन्छ । जसलाई सन्तोषजन नै मान्न सकिन्छ । यदि आगामी कारोबारमा दैनिक १० अर्बमाथि कारोबार भएको खण्डमा कारोबार मार्फत बजार बुलिस बनेको मान्न सकिन्छ । इलिअट वेभ तथा प्राइस एक्सनबाट नियाल्दा प्रष्ट रुपमा नै अप ट्रेन्ड देखिन्छ । आगामी कारोबारमा नेप्से २८ सय माथि लागेमा नयाँ हायर हाई बन्ने छ । विभिन्न इन्डिकेटरहरु जस्तो बोलिङ्गर ब्याण्ड , म्याक्डी , आरएसआइ , इचिमोकू र मूभिङ एभरेजबाट नियाल्दा बजार बुल नै देखिन्छ ।  

यस हिसाबले विभिन्न कोणबाट बजारलाई नियाल्दा आगामी २ देखि ३ महिना भित्रमा बजारले एकपटक ३ हजार माथिको यात्रा गर्न सक्ने आधार बन्दै गएको देखिन्छ । तर यसका लागि कारोबार तथा भोल्युम भने आगामी कारोबारमा दैनिक रुपमा १० अर्व माथि आउने पर्ने हुन्छ ।  

क्षेत्रगत रुपमा हेर्दा यो साता विकास बैंक , जलविद्युत् , उत्पादन तथा सामुहिक लगानी समूहमा रातो पोतियो भने बाँकी समूहहरुमा हरियाली नै छायो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.