आईतवार, जेष्ठ ३,२०८३ 04:53:18
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:53:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भारतीय केन्द्रीय बैंकले एक महिनामै किन्यो ३ टन सुन, गोल्ड रिजर्भ ८७९ टन पुग्यो

Laxmi Sunrise Bank Limited
भारतीय केन्द्रीय बैंकले एक महिनामै किन्यो ३ टन सुन, गोल्ड रिजर्भ ८७९ टन पुग्यो
Shivam Cement

काठमाण्डौ । भारतीय केन्द्रीय बैंक,‘रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)’ले गत जनवरी महिनामा करिब ३ टन सुन खरिद गरेको छ । अस्थिर माहौल र भारतीय रुपैयाँ कमजोर बनेकै बेला आरबीआईले जनवरी महिनामा २.८ टन सुन खरिद गरेको हो ।  

गत वर्ष भने आरबीआईले ७२.६ टन सुन खरिद गरेको थियो । यससँगै आरबीआईको कुल विदेशी मुद्रा भण्डारमा सुनको हिस्सा बढेर ११.३ प्रतिशत पुगेको छ । जुन एक वर्षअघि ७.७ प्रतिशत रहेको थियो ।  

Bizshala
New Office
CG Motors

आरबीआईको ताजा आँकडाअनुसार यो वर्षको जनवरीको अन्तिमसम्म भारतको सुन भण्डारण बढेर ८७९ टन पुगेको छ । गत वर्षको तुलनामा यो ८ प्रतिशत बढी हो । फेब्रुअरी २, २०२४ मा भारतको सुनत भण्डारण ८१२.३३ टन थियो । सन् २०२४ मा आरबीआईले लगातार ७ वर्ष सुनको भण्डारण बढाएको छ ।  

यस्तै अर्को सबैभन्दा धेरै सुन खपत गर्ने देशमध्येको एक चीनले पनि जनवरीमा लगातार तीन महिना सुनको खरिद बढाएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

आरबीआईले सुनको खरिद बढाउनुको मुख्य कारण के हो ?

–सुनले महंगीबाट भएको नोक्सानीलाई भरपाई गर्न सहयोग गर्छ । विश्वभरका बैंकहरुले पनि महंगीको सामन गर्नुपर्ने हुन्छ । यसबाट मुद्राको मूल्य घट्ने गर्छ ।  

–आर्थिक संकटको बेला सुनको मूल्य बढ्ने गर्छ । यस्तोमा चुनौतिपूर्ण समयका बेला सुनमा गरेको लगानीले राम्रो प्रतिफल दिने गर्छ । हाल कयौं देशबीच चलिरहेको युद्धका कारण सुनबाट हुने प्रतिफल बढेको छ ।  

–सुनको लगानी जोखिमरहित हुने गर्छ । जुन केन्द्रीय बैंकका लागि उपयुक्त हुन्छ । डलरको मूल्य घट्दा सुनको बढ्दो मूल्यले समेत बैंकहरुलाई आकर्षित गर्ने गर्छ ।  

यो वर्षको जनवरी १ देखि हालसम्म भारतमा २४ क्यारेट १० ग्राम सुनको मूल्य १० हजार १९४ भारुले बढ्दै ८६ हजार ३५६ डलर पुगेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.