मंगलवार, जेष्ठ ५,२०८३ 04:35:05
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:35:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दराज नेपालद्वारा ‘३.३ मार्च म्याडनेस क्याम्पेन’घोषणा, किनमेलमा उल्लेख्य बचत गर्ने अवसर !

Laxmi Sunrise Bank Limited
दराज नेपालद्वारा ‘३.३ मार्च म्याडनेस क्याम्पेन’घोषणा, किनमेलमा उल्लेख्य बचत गर्ने अवसर !
Shivam Cement

काठमाण्डौ । अनलाइन शपिङ गन्तव्य, ‘दराज नेपाल’ले निकै प्रतिक्षित ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा गरेको छ । ग्राहकहरूले यस क्याम्पेनअन्तर्गत ६० प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी, र.५० लाख रुपैयाँबराबरको भौउचरहरु प्राप्त गर्न सक्नेछन् । फागुन १९ देखि फागुन २३ सम्म चल्ने यस क्याम्पेनले नेपाली ग्राहकहरूलाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।  

क्याम्पेन अवधिभर, दराजका ग्राहकहरूले फ्ल्याश सेल मार्फत दैनिक रूपमा आकर्षक छुटहरुको लाभ लिन सक्नेछन् । यस अन्तर्गत,ग्राहकहरूले सिताफिल, अइविबी, डा. केयरलगायतका विभिन्न ब्रान्डहरूमा ६० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । सिमित अवधिका लागि मात्र उपलब्ध हुने यी अफरहरू हरेक दिन अपडेट गरिने जानकारी कम्पनीले दिएको छ । तसर्थ, ग्राहकहरूलाई दराज एपको ‘फ्ल्याश सेल’ सेक्शन नियमित रूपमा जाँचगर्न कम्पनीले अनुरोध गरेको छ ।

Bizshala
New Office
CG Motors

त्यसैगरी, बेस्ट प्राइस ग्यारेन्टी, बीपीजी कार्यक्रमअन्तर्गत ग्राहकहरूले थप आकर्षक अफरहरुको अनुभव प्राप्त गर्न सक्नेछन् । यस कार्यक्रमअन्तर्गत, यदि कुनै ग्राहकले नेपालकै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा दिइएको भन्दा सस्तो मूल्यमा फेला पार्छन् भने, दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्ने जानकारी दिएको छ । तर, यसका लागि दाबी योग्यता र मापदण्ड अनुरूप हुनु पर्नेछ ।  

३.३ क्याम्पेनको अर्को प्रमुख आकर्षणका रुपमा निःशुल्क डेलिभरी सुविधा रहेको छ । यस अन्तर्गत ग्राहकहरूले कम्तीमा रु. ४९९ को खरिद गर्दा चुनिएका बिक्रेताहरूबाट निःशुल्क डेलिभरी सुविधा प्राप्त गर्नेछन्। निःशुल्क डेलिभरीका भौचरहरू प्राप्त गर्न, दाराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी निर्धारित पृष्ठमा जान सकिनेछ ।

Garima Development Bank
Shivam Cement
IME remit

३.३ क्याम्पेन, केवल छुट र बचतका लागि मात्र नभई, उपभोक्ताहरुलाई उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिदै आईरहेको कम्पनीको भनाइ छ । क्याम्पेनअन्तर्गत स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेवल्स, फर्निचर, घर सजावट र अन्य विविध उत्पादनहरूमा अविश्वसनीय अफरहरू उपलब्ध रहने जानकारी दिइएको छ ।  

दराज नेपालद्वारा आयोजना हुन लागेको ३.३ क्याम्पेन बारे थप जानकारीका लागि दराजको वेबसाइट र फेसबुक पेज वा दराज एपब्राउज गर्नुपर्ने कम्पनीले जनाएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.