आईतवार, जेष्ठ ३,२०८३ 04:17:15
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:17:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मुकेश अम्बानीको जिओ र मस्कको स्पेसएक्सबीच सम्झौता, कसलाई होला फाइदा ?

Laxmi Sunrise Bank Limited
मुकेश अम्बानीको जिओ र मस्कको स्पेसएक्सबीच सम्झौता, कसलाई होला फाइदा ?
Shivam Cement

काठमाण्डौ । एयरटेलपछि रिलायन्स जियोले पनि अमेरिकी अर्बपति व्यापारी एलोन मस्कसँग स्टारलिंक उच्च गतिको इन्टरनेटका लागि सम्झौता गरेको छ ।

स्टारलिंक एक स्याटेलाइट ब्रॉडब्यान्ड इन्टरनेट सेवा प्रदायक हो । जसले स्याटेलाइट कभरेजभित्र कहि पनि इन्टरनेट पहुँच प्रदान गर्न सक्छ। यो विशेषताका कारण स्टारलिंक दुर्गम वा ग्रामीण क्षेत्रहरूमा इन्टरनेट पहुँचको लागि राम्रो विकल्प बनेको छ ।  

समाचार एजेन्सी एएनआईका अनुसार, जियो प्लेटफर्म्स लिमिटेडले एक प्रेस विज्ञप्ति मार्फत जियो र स्टारलिङ्कले सम्पूर्ण भारतलाई उच्च गतिको इन्टरनेटमा जोड्न सँगै विस्तार गर्दैछ र यो सम्झौता भारतमा इन्टरनेट जडानको विकासमा कोसेढुङ्गा हुने जनाइएको छ ।  

Bizshala
New Office
CG Motors

स्टारलिंकले भारतीय उपभोक्ताहरूलाई स्टारलिंक ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउन एपेसएक्ससँग सम्झौता गरेको उल्लेख गरेको छ । जियोले आफ्ना रिटेल आउटलेटहरू र अनलाइन मार्फत स्टारलिंकको सेवा उपलब्ध गराउनेछ।

गत वर्ष भारतको स्याटेलाइट ब्रॉडब्यान्ड बजारको लागि विश्वका दुई धनी व्यक्तिहरू, स्पेसएक्सका मालिक एलन मस्क र जियोका मालिक मुकेश अम्बानीबीच भारतको सेटेलाइट ब्रोडब्याड मार्केटका लागि कडा टक्कर परेको थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit

गत अक्टोबरमा, भारत सरकारले ब्रोडब्यान्डका लागि स्याटेलाइट स्पेक्ट्रमको आवंटन लिलामीको सट्टा प्रशासनिक रूपमा गर्ने घोषणा गरेको थियो। मस्कले विगतमा पनि लिलामी मोडलको आलोचना गर्दै आएका छन्, जबकि अम्बानी यसको समर्थक हुन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.