आईतवार, जेष्ठ ३,२०८३ 04:55:44
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:55:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मूभिङ्ग एभरेजमा बुलिस रहेको बजारको साप्ताहिक चार्टमा ‘शुटिङ स्टार’, कस्तो रहला अब बजार ?

Laxmi Sunrise Bank Limited
मूभिङ्ग एभरेजमा बुलिस रहेको बजारको साप्ताहिक चार्टमा ‘शुटिङ स्टार’, कस्तो रहला अब बजार ?
Shivam Cement

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता सेयर बजारमा ५ दिन कारोबार भएको थियो । यो साता ४ दिनमा बजार ३ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता  २ हजार ८१८.४३ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७३६.४८ को विन्दुमा बन्द भयो  ।

यस हिसाबले यो साता ८१.९५ अंकले बजारमा गिरावट आयो । अघिल्लो साता भने बजार करिब ४ अंकले बढेको थियो ।  यो साता ४  दिनको कारोबारमा ३५ अर्ब ९ करोडबराबरको सेयर कारोबार भयो । अघिल्लो साता ६२ अर्ब ५५ करोड रुपैयाँबराबरको कारोबार भएको थियो  । यस हिसाबले यो साता दोस्रो बजारमा नेप्से परिसूचक र दैनिक औषत कारोबार दुवै घट्यो । यो साता बजार पूँजीकरण ४५ खर्ब ४३ अर्ब रह्यो । अघिल्लो साता भने बजार पूँजीकरण ४६  खर्ब ७९ अर्ब रहेको थियो । यस हिसावले यो साता बजार घट्दा लगानीकर्ताको सम्पत्ति १ खर्व ३६ अर्बले घटेको छ ।  

प्राविधिक पक्षः  

क्याण्डल स्टिकको आधारमा  

क्याण्डल स्टिकको बिकास १८ औ शताब्दीमा जापानमा भएको हो । यसको बिकास र प्रयोग जापानका एक धान व्यापरिले गरेका थिए । क्याण्डल स्टिकको विश्लेषणबाट कम्पनी तथा सूचकको हाल बनेको क्याण्डलको आधारमा भविष्यको दिशा निर्धारण गर्ने गरिन्छ । यसमा सिंगल क्याण्डल , डबल क्याण्डल र ट्रिपल क्याण्डल स्टिकको माध्यमबाट भविष्यको दिशा विश्लेषण गरिन्छ ।  

नेप्सेमा बनाएको पछिल्लो तीन साताको ट्रिपल क्याण्डल स्टिक प्याटर्नबाट नियाल्दा नेप्सेमा प्रष्ट रुपमा शुटिङ स्टार भ्यालिड बनेको देखिन्छ । यसमा पहिलो क्याण्डल बुलिस बनेको छ भने दोस्रो क्याण्डल माथि लामो धागो सहितको क्याण्डल बनेको दखिन्छ । त्यसपछिको क्याण्डल बियरिस प्रकृतिको क्याण्डल बनेको छ ।  

जसले शुटिङ स्टारलाई भ्यालिड बनाएको छ । यसले सम्भाबित रुपमा आगामी दिनको बजार करेक्सनको बाटोमा रहेको जनाउछ ।  

 

 

Bizshala
New Office
CG Motors

इचिमोकू  

इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानका नागरिकले प्रतिपादन गरेका थिए। प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्युज पेपरमा प्रकाशित भएको थियो । योसँगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो ।  

अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ ।  

यस आधारमा हालको बजारलाई नियाल्दा बजार पछिल्लो ६ महिना साइडवेजमा चलेको देखिन्छ । मूल्य रेखाहरु क्लाउडको पोजिसन भन्दा माथि नै चलेका छन । तर मूल्य रेखाहरु बेसलाइन र कन्भर्जन लाइन भन्दा तल खसेको अवस्था छ । यस इन्डिेकेटरबाट नियाल्दा बजारले अप ट्रेन्ड लिने प्रयास गरेको तर त्यो टिक्न नसकेको अवस्था देखिन्छ ।  

५० दिने मूभिङ एभरेजको आधारमा  

मूभिङ एभरेज भनेको सेयर तथा सूचकको अन्तिम मूल्य वा विन्दुलाई मूभ गर्दै एभरेज निकाल्ने विधिलाई बुझिन्छ । यो विधिमार्फत बजारमा विशेषगरी ५ दिने र २० दिने ५०, दिने र २०० दिने रेखाहरुको चाल हेर्ने गरिन्छ । छोटो सयमको उतारचढाव निकाल्न छोटो नै अवधि र लामो समयको उतारचढाव हेर्न लामो नै समयको प्रयोग गरिन्छ ।  यो विधि पूँजीबजार तथा डेरिभेटिभ बजारमा प्रयोग गरिन्छ ।  

यो रेखाको आधारमा हाल बजार बुलिस नै देखिन्छ । मूल्य रेखा ५० दिने मूभिङ एभरेज भन्दा माथि नै रहेको छ । अर्थात बजार आगामी कारोबारमा २६९० विन्दुभन्दा माथि रहन्छ भने पनि बजार बुलिस नै हो ।  

Garima Development Bank
Shivam Cement
IME remit

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –३०३९

प्रतिरोध २ – २९३३

प्रतिरोध १–२८७५

पिभट् प्वइन्टः२७६८

घटेमा सपोर्ट  

सपोर्ट १– २७०८

सपोर्ट २– २६०२

सपोर्ट  ३ –२५४३

पिभट् प्वइन्टः  

निष्कर्षः  अघिल्लो साता झिनो अंकले बढेको बजारमा यो साता करिब ८२ अंकले गिरावट आयो । बजारलाई बिभिन्न इन्डिकेटर इचिमोकू , मुभिङ एभरेज क्याण्डल स्टिकबाट नियाल्दा अल्पकालिन करेक्नस देखिन्छ भने मुभिङ एभरेजबाट नियाल्दा दीर्घकालिन रुपमा भने बुलिस नै देखिन्छ । यो साताको ४ कारोबारमा बजारमा दैनिक औषत कारोबार ९ अर्ब मात्रै आएको छ । यो भनेको यो साता बजार कारोबारमा केही कमजोर बनेको छ । यदि आगामी कारोबारमा पनि बजारमा भोल्युम र कारोबारले साथ दिएन भने बजार केही समय साइडवेज पनि जान सक्छ । किनकी अघिल्लो साता एकै दिन झण्डै १४ अर्व कारोबार भएको बजारमा यो साता कारोबार १० अर्बबाट तल झरेको छ । यसर्थ बजार बुल जानको लागि दैनिक कारोबार १२ देखि १५ अर्वको आउनु पर्ने देखिन्छ । अर्थात बजारलाई कारोबारको साथ आबश्यक देखिन्छ । तर दैनिक कारोबार घट्दै गएमा  भने बजार साइडवेजमा चल्न पनि सक्छ ।  

क्षेत्रगत रुपमा यो साता सबै समूहमा राताम्मे भयो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.