मंगलवार, जेष्ठ ५,२०८३ 01:40:49
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 01:40:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जगदम्बा मोटर्सद्वारा नयाँ ‘एनटर्क रेस एक्सपी ब्ल्याक’ सार्वजनिक

Laxmi Sunrise Bank Limited
जगदम्बा मोटर्सद्वारा नयाँ ‘एनटर्क रेस एक्सपी ब्ल्याक’ सार्वजनिक
Shivam Cement

काठमाण्डौ । स्कुटर राइडिङको अनुभवलाई नयाँ परिभाषादिने लक्ष्यसहित टीभीएस एनटर्ककोे नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ ‘एनटर्क रेस एक्सपी ब्ल्याक’ सार्वजनिक गरेको छ ।  

नेपालकै पहिलो १०पीएस भन्दामाथिको पावर भएको १२५ सीसी स्कुटर, एनटर्क रेस एक्सपी ब्ल्याकले पावर, स्टाइल र आधुनिक प्रविधिको रोमाञ्चक संयोजन प्रस्तुत गरेको कम्पनीको भनाई छ । स्कुटर पारखीहरूका लागि डिजाइन गरिएको यो स्कुटरले डुअल राइड मोड, भ्वाइस असिस्ट प्रविधि र रेस इन्स्पायर्ड डिजाइन सहितको विशेषता प्रस्तुत गरेको छ ।

कम्पनीका अनुसार एनटर्क रेस एक्सपी ब्ल्याक, सामान्यताको सिमाभन्दा पर जान चाहने राइडरहरूका लागि निर्माण गरिएको हो । यसमा स्ट्रीट मोड र रेस मोड गरी डुअल राइडिङ मोडहरू उपलब्ध गरिएका छन् । स्ट्रीट मोडमा यात्रुहरूले सहरको सहज र किफायती यात्रा अनुभव गर्न सक्छन् ।  

Bizshala
New Office
CG Motors

त्यसैगरी, रेस मोडमा ० देखि ६० किलो मिटर प्रतिघण्टाको गतिमात्र ८.३ सेकेन्डमा प्राप्त गर्दै ९८ किलो मिटर प्रतिघण्टाको अधिकतम गति दिन्छ । एनटर्क रेस एक्सपी ब्ल्याकको यो क्षमताले नेपालको स्कुटर सेग्मेन्टमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दाबी छ ।

यस स्कुटरले नेपालमै पहिलो पटक भ्वाइस असिस्ट टेक्नोलोजी ल्याएको छ । यो प्रविधिका माध्यमबाट २० भन्दा बढी भ्वाइस कमान्डहरू मार्फत स्मार्टकनेक्ट एपको सहज इन्टरेक्शन प्रदान गर्ने कम्पनीले जानकारी दिएको  छ । चाहे राइड मोड स्विच गर्नुहोस्, नेभिगेसन चेक गर्नुहोस्, वा कलहरू व्यवस्थापन गर्नुहोस्, एनटर्क रेस एक्सपी ब्ल्याकले नियन्त्रण यात्रुको औंलामै—र अवाजमार्फत नै लिन सकिने ब्यवस्था गरेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

‘केवल प्रदर्शन मात्र होइन, यो स्कुटर हेर्दै पनि मन लोभ्याउने लुक्स सहित प्रस्तुत गरिएको छ । रेस इन्स्पायर्ड म्याट ब्ल्याक फिनिश, रातो पांग्रा, र एयरो डायनामिक ग्राफिक्स यसमा थपिएको आक्रमकता र सौन्दर्यको प्रमाण हो’, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने,  ‘रेस–ट्युन स्टाइलिङ र आधुनिक एयरो डायनामिक्स को संयोजनले एनटर्क रेस एक्सपी ब्ल्याक जहाँ गएपनि सबैको ध्यान खिच्न सक्षम रहेको छ ।’

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.