मंगलवार, जेष्ठ ५,२०८३ 11:50:35
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 11:50:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

स्प्यारो एसएमएस १५ औं वर्षमा प्रवेश

Laxmi Sunrise Bank Limited
स्प्यारो एसएमएस १५ औं वर्षमा प्रवेश
Shivam Cement

काठमाण्डौ । एसएमएस तथा मोबाइल म्यासेज सेवा प्रदायक स्प्यारो १५ औं वर्षमा प्रवेश गरेको छ। सन् २०१० मा एउटा सानो परियोजनाको सोचबाट सुरु भई आफूलाई समयअनुसार विकसित र प्रविधिमैत्री बनाउँदै स्प्यारो एसएमएसले आफूलाई अब्बल र भरपर्दो एसएमएस सेवा प्रदायकको रुपमा स्थापना गरेको छ।

आफ्नो विकसित र उच्च प्रविधिको एसएमएस सेवाले व्यवसाय समाज तथा अन्तर्राष्ट्रिय बजारीकरण गर्न सफल स्प्यारो एसएमएसको सुरुवात भने चुनौतीपूर्व रहेको कम्पनीले जनाएको छ। देशमा १८ घण्टासम्म लोडसेडिङ, उच्च गुणस्तरीय पूर्वाधारको अभावको बाबजुद त्यसै अभावलाई अवसरमा परिणत गर्न स्प्यारो एसएमएसले लोडसेडिङको तालिका एसएमएस मार्फत नै जानकारी पाउने सेवा सुचारु गर्यो। यो सेवा निकै लोकप्रिय र उपयोगी साबित भएको थियो। त्यसै समय आफ्नो एसएलसी(अहिले एसइई)को नतिजा हेर्न देशको राजधानी काठमाण्डौमा घन्टौं पत्रपत्रिका कुर्नुपर्ने तथा दूरदराजमा आफ्नो नतिजा दुई तीन दिन पछि मात्र थाहा पाउने समस्याको समयमा मार्फत आफ्नो नतिजा एक एसएमएस मा नै हेर्ने सेवा सुचारु गर्यो ।  

Bizshala
New Office
CG Motors

त्यस्तै, वैदेशिक रोजगारमा जानेहरूका लागि उनीहरू ठगीमा नपरुन् भनेर आफ्नो श्रम स्वीकृति एसएमएस मार्फत जाँच्ने तथा २०७२ को भूकम्प को समयमा राहत वितरण सहजीकरणमा पनि एसएमएसको प्रयोग त्यस्तै मानव बेचबिखन जोखिम रिपोर्टिङ सेवा दिवा खाजा रिपोर्टिङ सेवा जस्ता परियोजनाहरू सुचारु गरी समाजलाई जोड्ने र सहयोग पुर्यााउने काममा स्प्यारो एसएमएसका लागि परेको छ । यस साथै कम्पनीले ७ हजार भन्दा बढी व्यवसायहरूलाई आफ्ना ग्राहकसँग प्रत्यक्ष जोड्नको लागि बल्क एसएमएस सेवा, एसएमएस,एपीआई सेवा प्रदान गरी सस्तो र भरपर्दो माध्यमबाट व्यवसाय र ग्राहकलाई जोड्ने काम गरेको जनाएको छ।

कम्पनीले आफ्नो सेवा विस्तार गर्दै नवीन प्रविधि प्रयोग गरी आज वार्षिक २५० मिलियन भन्दा बढी एसएमएस पठाउने गर्दछ। विश्वमा बढ्दो मोबाइल प्रयोग सँगै कम्पनीले आफ्नो सेवालाई पनि विस्तार गर्दै भाइबर बिजनेस मेसेजिंग ह्वाटस एप, बिजनेस मेसेजिंग, आर्टिफिसिअल इन्टेलिजेन्स जडित भ्वाइस ब्रोडकास्टीङ र मिस्ड कल मार्केटिङ  जस्ता आधुनिक सेवाहरु समेटेको छ यी पहल र सेवाहरू मार्फत कम्पनीले व्यवसायको वृद्धिलाई मात्र होइन अन्तर्राष्ट्रिय स्तरमै सकारात्मक प्रभाव पार्न सफल भएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

कम्पनीको १५औं वार्षिक उत्सव को उपलक्ष्यमा यस कम्पनीका सीइओ मनोज थापा भन्छन्, ‘हामी एसएमएस स्प्यारोको १५ औं वार्षिकोत्सव मनाइरहँदा म सम्पूर्ण ग्राहक, शुभचिन्तक, टेलिकम पार्टनर तथा कम्पनीमा खटिने कर्मचारी साथीहरूमा कृतज्ञता व्यक्त गर्न चाहन्छु। वर्षले हामी १५ लागे पनि यो हाम्रो लागि सुरुवात मात्र हो। कम्पनीको प्राथमिकता ग्राहक केन्द्रित रहेर नविनतम प्रविधि हरूलाई प्रयोग गरी सेवा विस्तार गर्दै लैजान रहेकोले अझै गर्नु पर्ने काम धेरै रहेको र भबिस्य मा पनि साथ र सहयोग रही रहोस । हाम्रो यात्रामा सहयोगी पात्र हुनुभएकोमा धेरै धन्यवाद।’

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.