सोमबार, असार २,२०८२ 02:37:47
  • सोमबार, असार २,२०८२ 02:37:47
Global IME Bank Limited

रिलायन्स इन्डस्ट्री र वल्ड डिज्नी मर्ज हुने, अध्यक्षमा मुकेश अम्बानीकी पत्नी

Hyundai Nepal
रिलायन्स इन्डस्ट्री र वल्ड डिज्नी मर्ज हुने, अध्यक्षमा मुकेश अम्बानीकी पत्नी
Nabil Bank Limited

काठमाण्डौ । मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्री र वल्ड डिज्नी मर्ज हुने भएका छन् । मर्जर सम्बन्धी दुवै कम्पनीको आधिकारीक घोषणा यो साताको अन्तिमसम्म हुन सक्ने जनाइएको छ ।  

समाचार एजेन्सी रोयटर्सका अनु्सार मर्जरपश्चात बन्ने कम्पनीमा रिलायन्सको ५१ देखि ५४ प्रतिशत,डिज्नीको ४० प्रतिशत र जेम्स मर्डोक तथा उदय शंकरको ज्वाइन्ट भेन्चर कम्पनी बोधी ट्रीको ९ प्रतिशत स्वामित्व रहनेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै ब्लूमबर्गको रिपोर्टका अनुसार दुवै कम्पनीबीच यहि साताभित्र अन्तिम सम्झौता हुन सक्छ । रिपोर्टका अनुसार डिज्नीले आफ्नो भारतको व्यापारको ६१ प्रतिशत स्वामित्व भायाकम १८ लाई ३.९ अर्ब डलरको मूल्यांकनमा बिक्री गर्ने सहमति व्यक्त गरेको छ । भायाकम १८ को मालिक रिलायन्सका अध्यक्ष मुकेश अम्बानी हुन् ।  

मर्जरपश्चात बन्ने नयाँ कम्पनीको  अध्यक्ष मुकेश अम्बानीकी श्रमती नीता अम्बाी हुने सम्भावना उच्च रहेको जनाइएको छ । नीता अम्बानीले हालै रिलायन्स इन्डस्ट्रिजको सञ्चालक समितिबाट राजीनामा दिएकी थिइन् ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.