मंगलवार, जेष्ठ ५,२०८३ 09:24:59
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 09:24:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जीवन बीमा कम्पनीहरुले आर्जन गरे रु.१ खर्ब बीमाशुल्क, व्यवसाय ग्रोथमा रिलायबल र सिटिजन अगाडी

Laxmi Sunrise Bank Limited
जीवन बीमा कम्पनीहरुले आर्जन गरे रु.१ खर्ब बीमाशुल्क, व्यवसाय ग्रोथमा रिलायबल र सिटिजन अगाडी
Shivam Cement

काठमाण्डौं । जीवन बीमा कम्पनीहरुले एक खर्ब भन्दा बढी प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ जीवन बीमा कम्पनीले चालु आवको आठ महिनासम्ममा १ खर्ब ८ अर्ब ७१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।  

यो बीमाशुल्क आर्जन गत आवको सोही अवधिसम्मको तुलनामा १०.३३ प्रतिशत बढी हो । गत आवको ८ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ९८ अर्ब ५३ करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।  

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबै कम्पनीहरुले गत आवको तुलनामा व्यवसाय उल्लेख्य बढाएका छन् ।  

Bizshala
New Office
CG Motors

आठ महिनासम्ममा सबैभन्दा बढी नेपाल लाइफले २९ अर्ब ३९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको व्यवसाय गत आवको तुलनामा ११।७८ प्रतिशत बृद्धि भएको छ । गत आवको सोही अवधिसम्म नेपाल लाइफले २६ अर्ब ३० करोड रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।  

त्यस्तै, नेशनल लाइफले १३ अर्ब ६२ करोड, एलआइसी नेपालले १२ अर्ब ५६ करोड, हिमालयन लाइफले ११ अर्ब २२ करोड, सुर्यज्योति लाइफले ६ अर्ब ६९ करोड, एशियन लाइफले ५ अर्ब ६९ करोड, सिटिजन लाइफले ४ अर्ब ४९ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ४७ करोड, सानिमा रिलायन्स लाइफले ४ अर्ब २९ करोड, मेट लाइफले ३ अर्ब ८८ करोड, आइएमई लाइफले ३ अर्ब २८ करोड, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब १९ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब १७ करोड र सन नेपाल लाइफले २ अर्ब ७० करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  

गत आवको तुलनामा सर्वाधिक व्यवसाय बढाउनेमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीले गत आवको तुलनामा २०.६६ प्रतिशतले व्यवसाय बढाएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

त्यस्तै, सिटिजन लाइफले पनि २ं४३ प्रतिशतले व्यवसाय ग्रोथ गरेको छ । यता नेशनल लाइफले १७.८७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफले १७.६३ प्रतिशत, र सूर्यज्योति लाइफले पनि १७.२९ प्रतिशतले व्यवसाय बढाएको छ ।

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.