सोमबार, असार २,२०८२ 07:31:18
  • सोमबार, असार २,२०८२ 07:31:18
Global IME Bank Limited

मन्त्रिपरिषद बैठक सुरुः गभर्नर नियुक्ति अन्यौलमा, नेप्सेको फाइनल हुनसक्ने

Hyundai Nepal
मन्त्रिपरिषद बैठक सुरुः गभर्नर नियुक्ति अन्यौलमा, नेप्सेको फाइनल हुनसक्ने
Nabil Bank Limited

काठमाण्डौ । नियमित मन्त्रिपरिषद बैठक सुरु भएको छ ।  

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा केहीबेरअघिबाट मन्त्रिपरिषद बैठक सुरु भएको हो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आजको नियमित क्याबिनेट बैठकमा नेपाल राष्टबैंकको गभर्नरको नियुक्ति हुनसक्ने सम्भावना थियो । तर, गभर्नर छनौट तथा सिफारिस समितिको बैठक बस्न नसकेको भन्दै गभर्नरको विषयमा आजै निर्णय हुने सम्भावना केही क्षीण रहेको बताइएको छ ।  

अर्थमन्त्रीले आज गभर्नर नियुक्त हुने सम्भावना अन्तिम अवस्थामा क्षीण भएको र त्यसको कारणको रुपमा सिफारिस समितिको बैठक बस्न नसक्नूलाई कारक माने पनि बिचौलियाहरुले आफ्नो उपयुक्त पात्रलाई अगाडि सारेको विषयमा चौतर्फी विरोध भएपछि प्रधानमन्त्रीले केही दिन कुर्ने मनशाय देखाएका स्रोतको दाबी छ । 'सिफारिस समितिको बैठक बस्न नसकेको दाबी गरिए पनि प्रधानमन्त्रीले चाहँदा आजै पनि नियुक्ति हुने झिनो सम्भावना चाहिँ जिवितै छ ।' स्रोतले भन्यो।

 यस्तै, आजको मन्त्रिपरिषद बैठकले यसअघि निर्णय भएको भनिएको सेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्तिको विषय फाइनल हुने दाबी गरिएको छ ।  

आजको बैठकले भोलिदेखि प्रधानमन्त्रीले गर्ने थाइल्याण्ड भ्रमणको कार्यतालिका स्वीकृत गर्नेछ भने कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पनि दिने निर्णय गर्नेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.